सकियो नम्रता र कोशिसको ‘पर्व’ सुटिङ

नम्रता श्रेष्ठ र कोशी क्षेत्री मुख्य भूमिकामा रहेको चलचित्र ‘पर्व’ को सुटिङ सकिएको छ। करिव ४० दिन लगएर चलचित्रको छायाँकन सकिएको निर्माण टिमले जानकारी दिएको छ।

चलचित्रको एउटा गीतको केहि भाग छायाँकन बाकि रहेको जानकारी दिईएको छ। दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रको ‘कालेदाई’ बोलको गीतले निकै चर्चा बटुल्न सफल भैरहेको छ।
चलचित्रको रिलिज मिति नजिकिदै गर्दा बल्ल छायांकन सकिएको चलचित्रको बाकी काम सकेर चैत्र २५ गते नै रिलिज गर्न निर्माण टिमले निकै कसरत गर्नु पर्ने देखिन्छ। छोटो समयमा चलचित्रको एउटा गीत छायाँकन र पोस्ट प्रोडक्सनको काम गर्न निर्माण टिमलाई दवाव रहेको छ।
अव हतारमा गरिएको काम कस्तो बन्ने हो त्यो चैत्र २५ गते थाहा होला? त्यस्तो त सफल चलचित्र निर्देशकको रुपमा आफुलाई उभ्याउन सफल निर्देशक राउतलाई अर्को एउटा दमदार चलचित्र दिनुपर्ने दवाव समेत रहेको छ।

सुवास गिरि निर्माता रहेको चलचित्र सुवास ईन्टरटेन्मेन्ट र टिभीफिल्मीको संयुक्त ब्यानरमा बनेको हो।

Comments

comments