जुर्यो सौगात र बेनिशाको ‘झ्यानाकुटि’ को लगन

सौगात मल्ल र बेनिशा हमाल मुख्य भुमिकामा रहेको चलचित्र ‘झ्यानाकुटि’को रिलिज मिति तय भएको छ। अभिनेत्री निशा अधिकारीको निर्माणमा तयार भएको चलचित्र भदौ ८ गतेबाट प्रदर्शनमा आउनेछ। निशाले सामाजिक संजालमा चलचित्रको फर्स्ट लुक सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति समेत घोषणा गरेकी हुन्।


कमेडी जनरामा तयार भएको चलचित्रको पोष्टर पनि सोहि अनुसारको देख्न सकिन्छ। पोष्टरमा बेनिशाले सौगातलाई बोकेको देखाईएको छ। सिमोश सुनुवारको निर्देशनमा तयार भएको चलचित्रलाई हरि हुमागाईले खिचेका छन्। चलचित्रको हाल सम्पादन कार्य चलिरहेको छ।

Comments

comments