रन्जु दर्शनाको समर्थनमा निर्देशक निश्चल बस्नेत (भिडियोसहित)

पछिल्लो समय विवेकशील नेपाल पार्टीको चर्चा चुलिएको छ। काठमान्डौको मेयरमा २१ बर्षीय रन्जु दर्शनाको उम्मेदवारी संगै अनेक टिकाटिप्पणी सुरु भएको छ। कतिलो कलिलो उमेरमा उनले दिएको उमेदवारीको बिषयमा चर्चा गरेका छन् भने कतिले उनको बोल्ने शौलिको आलोचना समेत गरेका छन्।

अन्य पार्टीका नेता माथि उनले प्रयोग गरेका शब्दले उनको आलोचना समेत भएको छ । तर उनले प्रस्तुत गरेको योजनाले धेरैलाई आकर्षित समेत गरेको छ। समाजका विभिन्न क्षेत्रका व्यक्तिले उनको समर्थनमा आफ्नो विचार समेत राखेका छन्।
धैरै चलचित्रकर्मिले समेत रन्जु दर्शनाको समर्थन जनाईरहेका छन्। यहि क्रममा निर्देशक निश्चल बस्नेतले समेत दर्शनको समर्थन गरेका छन्।


उनले २१ बर्षीय रन्जुले बनाएको योजना आफुलाई मन परेको बताएका छन्। उनले रन्जु दर्शनलाई आफुले चलचित्र निर्देशन गर्दाको पल संग तुलना गर्दै सानो उमेरमा पनि जो कोहिले पनि सकारात्मक परिवर्तन गर्न सक्ने बताए । उनले जसरि आफुले चलचित्र क्षेत्रमा नया आयाम ल्याउन सके त्यसरी रन्जुले पन केहि गर्न सक्ने बताए। पाको उमेरमा मात्रै हैन युवा अवस्थामा पनि परिवर्तन गर्न सकिने बताए। उनले कुनै पार्टीको वकालतमा भन्दा पनि एउटा राम्रो व्यक्तिलाई आफुले समर्थन गरेको बताए।

Comments

comments