भाद्र २३ मा आउनेछ निश्चल बस्नेतको ‘दुई रुपैया’

बर्ष २०७४ नेपाली सिनेमा दर्शकको लागि बहुप्रतिक्षित बर्ष बन्दै गएको छ। चर्चित ब्यानरका चर्चित कलाकारका चलचित्र बर्ष २०७४ मा रिलिज हुने तयारीमा रहेका छन्। यहि क्रममा भाद्र २३ गते निश्चल बस्नेतको चलचित्र ‘दुई रुपैया’ प्रदर्शनमा आउने भएको छ। निश्चल बस्नेत र आसिफ शाह मुख्य भूमिकामा रहेको चलचित्र भाद्र २३ गतेबाट प्रदर्शनमा आउने चलचित्रका मुख्य कलाकार निश्चल बस्नेतले सामाजिक संजाल मार्फत जानकारी दिएका छन्। उनले फेसबुक मार्फत चलचित्रको रिलिज मिति सार्वजनिक गरेका हुन्। निश्चलले यसअगाडी भाद्र ३० गते चलचित्र प्रदर्शन हुने फेसबुकमा लेख्दै आएका थिए।

निश्चलले फेसबुकमा चलचित्रको नयाँ मिति सार्वजनिक गरेका हुन्। चलचित्रको यतिबेला छायाँकन चलिरहेको छ।

Comments

comments