‘२ रुपैयाँ’ क्यारेक्टर पोस्टरमा यस्तो देखिए निश्चल

भदौ २३ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘२ रुपैयाँ’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा कलाकार तथा निर्देशक निश्चल बस्नेत ‘जेरेली’ को भूमिकामा देखिएका छन्। त्यस्तै अर्का कलाकार आशिफ शाह ‘दार्ही’ को भूमिकामा देखिएका छन्।

अशिम शाहको निर्देशनमा तयार भएको चलचित्रमा निश्चल फरक भूमिकामा देखिन लागेको निर्माण टिमले दावी गर्दै आएको छ।

भर्सटायल व्यक्तित्वको रुपमा परिचित निश्चल अभिनय, गायन, निर्देशन लगायत धेरै विधामा सक्रिय छन्। चलचित्रमा टिका पहारी, बुद्धि तामाङ, मेनुका प्रधान, रबिन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments