निश्चल स्वस्तिमाको जोडी पर्दामा देखिने पक्का, ‘छक्का पन्जा २’ मा फाईनल

केहि समय अगाडी हामीले निश्चल बस्नेत र स्वस्तिमा खड्का चलचित्र ‘छक्का पन्जा २’ मा रहन सक्ने सम्भावना सहितको समाचार प्रकाशित प्रकाशित गरेका थियौ। दुवैलाई चलचित्रमा एकसाथ देखिने सम्भावना रहेको बताइरहदा अव भने त्यो कुरा पुरा भएको छ। दिपाश्री निरौलाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘छक्का पन्जा २’ मा खोजिएका नयाँ कलाकारमा निश्चल-स्वस्तिमा परेका छन्।

निश्चल र स्वस्तिमा संगै चलचित्रमा नायक स्वरूप पुरुष ढकाल र नायिका ज्योत्सना योगी समेत पक्का भएका छन्। स्वरूप चलचित्र सुस्केराका नायक हुन् भने ज्योत्सना ‘म त तिम्रै हु’ कि नायिका हुन्।
यी संगै चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे ‘माग्नेबूढा’, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउत यसअगाडी नै फाइनल भैसकेका कलाकार हुन्। चलचित्र आउँदो बर्शको असोज ११ बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Comments

comments