निखिल एक्सन र निताको प्रेम , यस्तो छ ‘निर्भय’ ट्रेलरमा

निखिल उप्रेती र निता ढुंगाना मख्य भूमिकामा रहेको चलचित्र ‘निर्भय’ को ट्रेलर सार्वजनिक भएको छ। एक्सन स्टारको छवि बनेका निखिलको अर्को धमाकेदार एक्सन शैलिको चलचित्र ‘निर्भय’ बन्ने ट्रेलर बाट स्पष्ट देखिन्छ। हिमाल केसीको द्द्न्ध निर्देशन रहेको चलचित्रमा निखिल प्रहरीको भूमिकामा देखिएकी छिन् भने नीतालाई चलचित्रमा निखिलको पत्नीको भूमिकामा देख्न सकिन्छ।
मधुसुधन भट्टराईको निर्देशनमा तयार हुने चलचित्रमा निखिल र नीताको साथमा सुशील पोखरेल, विकास चापागाई, प्रज्ज्वल गिरि लगायतका कलाकारको अभिनय रहेको छ। देवी प्रसाद पाण्डेले निर्माण गरेको चलचित्र चैत्र ११ गतेबाट रिलिज हुनेछ।

Comments

comments