नीता र निखिलको प्रेम यस्तो देखियो ‘निर्भय’को नयाँ गीत

चैत्र ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘निर्भय’को नयाँ गीत सार्वजनिक भएको छ। शिव परियार र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘दुनियाँको के भर’ बोलको गीत सार्वजनिक गरिएको हो। अर्जुन पोखरेलको संगीत रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफि रहेको छ।


निखिल उप्रेती र नीता ढुंगाना मुख्य भूमिकामा रहेको चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गरेका छन्। निखिल र नेताको अलावा चलचित्रमा विकास चापागाई, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रदिप ढकाल, रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments