सिपोरा होईन अब ‘प्रेमगीत २’ संग हुनेछ निखिलको ‘रुद्र’ को लडाई

निखिल उप्रेती स्टारर चलचित्र ‘रुद्र’ को रिलिज मिति फेरवदल भएको छ। रिलिज मिति फेरवदल संगै चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ।


निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र अब साउन १३ गते रिलिज हुनेछ। यसअगाडी चलचित्र साउन २० गते रिलिज हुने तयारीमा रहेको थियो। चलचित्रलाई रामजी लामिछानेले निर्देशन गरेका छन्। चलचित्रको रिलिज मिति अगाडी सर्नुको कारण भने स्पष्ट पारिएको छैन।
एक्सन स्टारको रुपमा उदाएका निखिल यो चलचित्रमा पहिलोपटक भिलेनको रुपमा प्रस्तुत हुदैछन्। चलचित्रको पोस्टरमा निखिलको एन्ग्री लुक्स देखाईएको छ भने मुख्य कलाकार विश्व र साराको प्रेमभा देखाईएको छ। हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको चलचित्रमा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली लगायतको अभिनय रहेको छ।

Comments

comments