निखिलको नयाँ लुक्स, नयाँ चलचित्रको लागि कि फेसन

अभिनेता निखिल उप्रेती केहि समयको विश्राम पछी पुन नेपाली चलचित्र क्षेत्रमा कमब्याक भएर धेरै चलचित्रमा काम गरिसकेका छन् । एक्सन नायकको रुपमा परिचित निखिल उप्रेतीको पछिल्लो रिलिज चलचित्र राधे हो ।


एकपछि अर्को चलचित्रमा धमाधम प्रदर्शनको तयारीमा रहेका निखिल उप्रेतीको पिंजडा व्याक अगेन, रुद्र लगायत चलचित्र रिलिजको तयारीमा रहेका छन् । केहि समय अगाडी मात्रै उनले बलिउड कलाकार संग टिमअप गरेर उनले चलचित्र ‘कमिट्मेन्ट’ निर्माणको घोषणा गरेका थिए ।


पछिल्लो समय मिडिया संग केहि रुष्ट बन्दै आएका निखिल मिडिया संग अन्तर्क्रिया गर्न पछी पर्दै आएका छन् । जेठी श्रीमती कोपिला उप्रेती र उनको सम्बन्धको समाचार मिडियामा बाहिरिएपछी उनि केहि रुष्ट बनेका हुन् ।
तर श्वेता श्री फाउन्डेसनले गरेको माझि बस्ति उदघाटन कार्यक्रममा उनि पुगेका थिए । मिडिया संग खासै कुरा नगरेका निखिल नयाँ लुक्समा देखिएका थिए । उनले आखिभौ छेडेर मुन्द्रा लगाएका छन् । उनि चलचित्र भिलेनको छायाँकानमा रहेका छन् भने उनको नयाँ चलचित्र ‘कमिट्मेन्ट’ चाडै फ्लोअरमा जाने तयारीमा रहेको छ।


नयाँ चलचित्रको घोषणासंगै बाहिरिएको उनको नयाँ लुक्स नयाँ चलचित्रको लागि हो या अरु केहीको लागि त्यो भने भविष्यमा थाह होला ।

Comments

comments