निखिलको कमिटमेन्टलाई मिल्यो हिरोईन्

निखिल उप्रेतीको निर्माण तथा निर्देशनमा तयार हुने चलचित्र ‘कमिटमेन्ट’को छायाँकन मंगलबार बाट सुरु भएको छ। नेपाली र भारतीय कलाकारको अभिनय रहने चलचित्रको घोषणा केहि समय अगाडी भएको थियो। तर अहिलेसम्म चलचित्रमा अभिनेत्री को भन्ने फाइनल गरिएको थिएन्।

तर अब भने चलचित्रले अभिनेत्री पाएको खबर बाहिरिएको छ। चलचित्रमा अभिनेत्रीको रुपमा निखिल उप्रेतीकी साली शिवानी लूईटेल अभिनेत्रीको रुपमा रहने छिन्। यो उनको डेव्यु चलचित्र रहने छ। उनि अभिनेत्री संचिता लुइँटेलकी बहिनि हुन्। संचिताले सामाजिक संजाल फेसवुकमा शिवानीको तस्विर पोष्ट गर्दै चलचित्रमा उनि रहने जनाकारी दिएकी हुन्।

Comments

comments