साउन १३ मा ‘प्रेमगीत २’ संग भिड्न मल्टिस्टारर ‘संरक्षण’ तयार

बर्ष २०७४ साल नेपाली चलचित्र पारखीले फरक फरक चलचित्रको स्वाद पाउने पक्का पक्कि भैसकेको छ। मल्टिस्टारर चलचित्रहरु २०७४ सालको सुरुवाती महिनामा रिलिज हुने तयारीमा रहेका छन्।

यहि क्रममा नेपालका चर्चित दुई अभिनेता निखिल उप्रेती र सौगात मल्लले एकासाथ काम गरेको चलचित्र ‘संरक्षण’ साउन १३ गतेबाट रिलिज हुने भएको छ। निर्माणको लागि केहि समय लिइएको चलचित्रको प्रदर्शन मिति तय हुनसकेको थिएन।

निर्माता प्रदिप उदयले चलचित्र साउन १३ गतेबाट प्रदर्शनमा आउने जानकारी दिए।

राजनीति, क्राइम, पत्रकारिता लगायतका बिषयलाई कथा बनाएर तयार भएको चलचित्र मल्टिस्टारर रहेको छ। निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ।

पुणेन्द्रु झाले निर्देशन गरेको चलचित्रलाई प्रदिप कुमार उदय र नरेन्द्र महर्जनले निर्माण गरेका छन्।

साउन १३ गतेलाई चलचित्र ‘प्रेमगीत २’ ले रिलिज मिति तय गरिसेको छ. यो चलचित्रलाई पनि सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ।

Comments

comments