निखिल परे नीताको प्रेममा, दुवै गर्दैछन् ‘खुल्लम खुल्ला प्यार’

चैत्र ११ लाई रिलिज मिति तय गरेको चलचित्र ‘निर्भय’ को नयाँ गीत ‘खुल्लम खुल्ला प्यार’ सार्वजनिक भएको छ। प्रमोद खरेल र अन्जु पन्तको स्वर रहेको गीतमा देवल भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ।


चलचित्रमा निखिल उप्रेती र नीता ढुंगाना मुख्य भूमिकामा रहेका छन्। निकै लामो समय पछि नेपाली सिनेजगतामा फर्किएका निखिल एकपछ अर्को लगातार चलचित्रमा काम गरिरहेका छन्। त्यस्तै निकै लामो समय बाट एउटा सफल चलचित्रको प्रतिक्षामा रहेकी नीतालाई यो चलचित्र बाट निकै आशा रहेको छ।
निखिललाई दर्शकको चाहाना अनुसार नै एक्सन अवतारमा देखाईएको चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन्।

Comments

comments