November 24, 2017  

गाजलु डेव्यु गर्ल सृष्टि श्रेष्ठको नयाँ चलचित्र रिलिज नभएको निकै लामो समय भैसक्यो। अनमोल केसी स्न्सग करिव २ बर्ष अगाडी डेव्यु गरेकी सृष्टिले चलचित्रमा काम नगरेकी भने हैनन्। सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरिएकी सृष्टिको नयाँ चलचित्र अब भने रिलिज हुने भएको छ।

उनले अभिनय गरेको नयाँ चलचित्र रोमियो एण्ड मुनाले आफ्नो प्रदर्शन मिति पक्का गरेको छ । चलचित्रको प्रदर्शन मिति फागुन ११ गतेलाई तय गरिएको निर्माता प्रसन्न गोपालीले जानकारी दिए । नरेश कुमार केसीले निर्देशन गरेको चलचित्रमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भूमिकामा रहेका छन्।  युवा वर्ग लक्षित रोमियो एण्ड मुनाको कथा, संवाद र लेखन निर्देशक के.सीकै हो ।

चलचित्र निर्माणमा प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठले सहकार्य गरेका छन् । दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेको चलचित्रमा मा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दवाङकरको संगीत छ ।

 

 

पोष्टरमा सलोन, सारा र विनोदको ‘सुश्री सम्पति’

    'हुकुम बक्सियोस्...' बोलको गीतका कारण चर्चामा रहेको चलचित्र...

माघमा ऋचा र छुल्ठीमको ‘न यता न उता’

चलचित्र ' न यता न उता' को रिलिज मिति तय...

मङ्सिरबाट माघमा सर्यो ‘दि कर्मा’

नेपाली तथा भारतीय कलाकारको अभिनय रहेको चलचित्र 'डी कर्मा' को...

रिलिज मिति तय गर्दै ‘गरुड पुराण’ पोस्टर सार्वजनिक

चलचित्र ‘गरुड पुराण’ले माघ ४ गतेलाई प्रदर्शन मिति गर्दै फस्ट...

भुवनको ‘साइनो’ मा बाँधियो मिरुना र राजकुमारको जोडी

नेपालको पहिलो अभिनेत्री भुवन चन्दको निर्माण रहने चलचित्र 'साइनो' को...

अष्टनारायण हलले हटायो संचिताको ‘गुनगुन’, निर्माताले राखे कारबाहीको माग

कार्तिक ३० गतेबाट ३ नेपाली चलचित्र रिलिज भएका थिए। रिलिज...


image