चलचित्र ‘छक्का पन्जा २’ ले सोली रिलिज पाउने पक्का पक्कि भएको छ। छायाँकनको समय देखि नै असोज ११ लाई रिलिज मिति तय गरेको चलचित्र संग भिड्न निर्माता छविराज ओझाको चलचित्र ‘मंगलम’ तयार भएको थियो।
आफुले दशैको लागि नै चलचित्र बनाएको र सुरुवाती दिनबाट नै सोली डेट रोजेको बताउदै आएका छवीराज ओझा पछी हटेका हुन्। केहि दिन अगाडी मात्रै पोस्टर र गीत सार्वजनिक गर्दै उनले असोज ११ लाई नै रिलिज मिति तय गरेका थिए।
तर आपसी समझदारीमा भन्दै निर्माता तथा कलाकार दिपकराज गिरीले चलचित्रको रिलिज मिति पछाडी धकेलिएको बताएका छन्। अव चलचित्र ‘मंगलम’ फाल्गुन ४ गतेबाट रिलिज हुनेछ।