September 6, 2017  

घरमा बिहानैबाट तयारी जोडतोडले भैरहेको थियो । मदनकृष्ण श्रेष्ठ र यसोधा उपाध्यय श्रेष्ठले जोडी बाधेको ४४ बर्ष पुरा भएको थियो । रोगलाई जितेर आत्मविश्वास बढाएर जीवन बिताईरहेका यी दुईले जिन्दगीको गोरेटो साथ विताएको ४४ बर्ष पुरा भैसकेको थियो । घरमा रमाईलो गर्ने कार्यक्रम चलिरहेको थियो । तर मदनकृष्ण श्रेष्ठको मनमा भने अर्कौ हुटहुटि थियो ।

औडाहा थियो केहि सन्त्रास पनि थियो । कारण थियो उनि आफ्नो आत्मकथा विमोचनको तयारीमा रहेका थिए । उनकै योजना र अनुरोध अनुसार फाइन प्रिन्टले मदनकृष्ण श्रेष्ठको वैवाहिक बर्षगांठको दिन नै पुस्तक विमोचन कार्यक्रम राखेको थियो ।

देशका सम्मानित र विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थितिमा पुस्तक उनका सहयात्री हरिवंश आचार्यको हातबाट विमोचन गरियो ।

अनि ‘महको म’ नाम जस्तै सार्थक बन्यो त्यो कार्यक्रम । महका ‘म’ अर्थात् मदनकृष्ण श्रेष्ठले लेखेको पुस्तक ‘ह’ अर्थात् हरिवंश आचार्यबाट विमोचित भयो । दुवैले सहयात्रा गरेको पनि त ३७ बर्ष पुगीसकेछ । सायद यी दुवैले आफ्नो परिवार पश्चात सवैभन्दा बढी समय एकअर्का संग नै बिताएका होलान् अथवा त्यो भन्दा पनि बढी ।

३७ बर्षको सहयात्रा सम्झंदा दुवै भावुक बनेका थिए । जसले निरन्तर देशविदेशका कार्यक्रममा संगै सहयात्रा गरे अहिले उमेर ढल्कदै गर्दा पनि एकअर्काको साहारा बन्न छाडेका छैनन् । कलाकारिताको लागि जसरि दुवै विना ‘मह’ बन्न अपुरो थियो दुवैको जिन्दगि पनि एक अर्का बिना सार्थक छैन । मन्चमा बोल्दै गर्दा हरिवंश आचार्य पटकपटक मदनकृष्ण श्रेष्ठलाई नमन गरिरहेका थिए । उनले ‘जीवनसंगिनी’ को उपमा दिन नसेकपनि ‘जीवनदाई’ भनेर पटकपटक सम्बोधन गरिरहेका थिए ।

सायद यी दुईले संगै सहयात्रा नगरेको भए मात्रै हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ मात्रै बन्थे तर सिंगो देशले गर्व गर्नसक्ने ‘मह जोडी’ सायदै बन्थे ।
हरिवंश आचार्य पटकपटक स्मरण गराउदै थिए, जीवनमा उनले मदनकृष्णलाई एउटा कुरामा मात्रै जित्न सफल भएका छन् । त्यो हो पुस्तक निकाल्न । हरिवंशले ‘चिना हराएको मान्छे’ र ‘ हरिवाहदुर’ पुस्तक निकालेका छन् ।

मदनकृष्ण श्रेष्ठले ‘महको म’ प्रकाशन गर्न निकै लामो समय लगाए । न उनलाई उनको हातले लेख्नको लागि साथ दिन्थ्यो न श्रीमतीको स्वास्थ्य पीडाले उनको हौसला माथि उठ्थ्यो । तर पनि दाहिने हातलाई देब्रे हातले धकेल्दै उनले पुस्तक तयार परे, त्यो पनि १ लाख २० हजार बढी शब्दको  । उनको हौसला र लेख्ने जोशलाई हरेकले नमन गरिरहेका थिए । उनि आफै पनि चिप र व्याट्रीको सहाराले जीवन अगाडी चलाईरहेका छन् ।

निखिललाई स्वास्थ्यले दियो धोका, यस्तो रह्यो संचिता संगको दशैँ (फोटोफिचर)

हिन्दु नेपालीको महानपर्व दशैको आज टिकाको दिन हो। बर्षको बिशेष...

सिन्धुलीमा बर्षा राउतको दशैँ (फोटोफिचर)

  पछिल्लो समय चर्चामा रहने अभिनेत्री हुन्, बर्षा राउत। एक...

आयुष्माना संग प्रियंकाको पहिलो दशैँ: भन्छिन्, केहि फरक अनुभूति हुदैछ’ (फोटोफिचर)

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेको...

पुष्प संग दीपिकाको जोडी

नवल नेपालले निर्देशन गर्ने तयारीमा रहेको एक अनटाइटल प्रोजेक्टमा दीपिका...

‘सम्हालिन्छ कहिले मन’ बनाउने तयारीमा पूजा,के होला सम्भव ?

अभिनेत्री पूजा शर्माको पछिल्लो रिलिज चलचित्र 'रामकहानी' ले मिश्रित प्रतिक्रिया...

यसकारण प्रतिक्षित छ ‘छक्का पन्जा ३’

सर्वाधिक सफल सिक्वेल 'छक्का पन्जा' को तेश्रो सिक्वेल रिलिजको लागी...


image