चलचित्र अभिनयका लागी सफल मानिएका दुई अभिनेत्री हुन्, ऋचा शर्मा र बेनिशा हमाल । भर्सटायल अभिनेत्रीको रुपमा चिनिएका यी दुवैको अभिनयले प्रशस्त प्रसंसा बटुल्ने गर्दछ । चलचित्र जस्तै दुवै पुस्तकका समेत पारखी रहेका छन् । ऋचा बजारमा उपलब्ध पुस्तक मिलेसम्म पढ्ने गर्दछिन् भने सुरक्षा पुस्तकका लागी निकै चुजी रहेकी छिन् ।
पुस्तक पढ्न रुची राख्ने दुवै अभिनेत्री मंगलबार राजधानीमा निश्चल मल्लको ‘फर्गो’ पुस्तक विमोचन समारोहमा अतिथीको रुपमा उपस्थित भए । पुस्तक पढ्न मात्र आउने तर लेख्न नआउने बताउने ऋचाले पुस्तकका लागी शब्द चयन निकै महत्वपूर्ण हुने बताईन् । पुस्तक पढेर समिक्षा गर्दै ऋचाले युवापुस्ताको लागी यो पुस्तक निकै प्रिय हुनसक्ने बताईन् । सानो उमेरमा निश्चलको लेखाईको उनले तारिफ गरेकी छिन् ।
पुस्तक लेख्ने युवा संग चाडै आकर्षित हुने बताउदै अभिनेत्री सुरक्षाले आफु पुस्तक अध्ययनका लागि निकै चुजी रहेको बताएकी छिन् । पुस्तक लेखनमा अहिले नै रुची नरहेको बताउदै उनले ‘फर्गो’ माया गर्नेहरुका लागी प्रणय दिवसको उपहार हुनसक्ने बताईन् । पुस्तक विमोचन समारोहमा लेखक सुविन भट्टराई उपस्थित रहेका थिए ।