February 13, 2019  

अर्पण थापाको निर्देशनमा हरर कथामा निर्माण भएको चलचित्र ‘घर’को छायांकन २० दिनमा सकिएको छ । २५ दिनको सेड्युल बनाएर फलोअरमा गएको चलचित्रको छायांकन २० सकिएको र चलचित्र उत्कृष्ट बनाएको दाबी निर्मात्री शर्मिला पाण्डेले गरेकी छिन् । काठमाण्डौका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा अर्पण थापा, बेनिशा हमाल र सुरक्षा पन्त मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा अर्पणको नै कथा रहेको छ ।

चलचित्रको बिषयमा निर्मात्री पाण्डेले भनिन्–‘यसपटक हामीले धेरै तयारी गरेकाले पनि छायांकन चाडै नै सकियो । दिनरात नभनी काम गरेका छौ । चलचित्रले दर्शकलाई मनोरञ्जन मात्र होइन, हरर कथामा बनेका नेपाली चलचित्रले दर्शकलाई छुट्टै खालको महशुश गर्न सक्दैनन् भन्ने आरोपलाई पनि तोड्नेछ ।’

डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको चलचित्रमा दीपेन्द्र के खनाल र सुरज पाण्डे प्रस्तुतकर्ताको रुपमा छन् ।

चलचित्रका प्रस्तुतकर्ता मध्येका एक दिपेन्द्रले भने–‘यो चलचित्रले दर्शकलाई तर्साउनेछ । हामीले कथावस्तुदेखि धेरै कुरामा मिहिनेत गरेका छौ । अब, भीएफएक्सको पनि काम धेरै छ । प्रदर्शन मिति चाडै नै तोक्नेछौ ।’
चलचित्रमा बेनिशा हमाल केहि फरक गेटअपमा प्रस्तुत भएकी छिन् भने अभिनेत्री पन्त अर्पणको श्रीमतीकोरुपमा प्रस्तुत भएकी छिन् ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image