February 11, 2019  

चलचित्र नगरीमा पछिल्लो समय सर्वाधिक व्यस्त अभिनेताको रुपमा रहेका छन् विपिन कार्की। उनि अभिनित प्रसाद र गोपी लगातार रिलिज भएका छन्। प्रसाद सफल रह्यो भने गोपी फ्लप चलचित्रमा रहेको छ। अभिनेता विपिन कार्की एक नयाँ चलचित्रमा अनुबन्ध भएका छन् । म्यूजिक भिडियो सम्पादक तथा निर्देशक निशान कश्यपको डेब्यू निर्देशनमा बन्न लागेको चलचित्र ‘परी : उड्न देऊ’ मा विपिन मुख्य भूमिकामा अनुबन्धित भएका हुन्। चलचित्रको सोमबार औपचारिक घोषणा गरिएको हो। बैशाखबाट छायांकन सुरु हुने चलचित्रमा श्रृष्टि खड्का मुख्य भूमिकामा रहनेछिन।

तस्विर: विवेक वस्याल

साढे एक करोडको बजेट बताइएको चलचित्रलाइ रुपेशमान अमात्यले निर्माण गर्नेछन् । रमाइलो, पारिवारिक र सस्पेन्स थ्रिलरमा निर्माण हुने चलचित्र आरएन आइकनको ब्यानरमा निर्माण हुनेछ। चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । निपिल शर्माको कथा लेखन रहेको चलचित्रमा सफल केसी मुख्य सहायक निर्देशक रहनेछन् ।

‘जानी नजानी’ ट्रेलर सार्वजनिक

चैत्र १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'जानी नजानी' को...

‘विरविक्रम २’ रिलिज मिति घोषणा

अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर निर्देशक मिलन चाम्सले चलचित्र...

रोमान्टिक अनुप र संदिपा, यस्तो बन्यो ‘कप्स’ गीत

ह्यान्डसम भिलेनको उपमा पाएका अनुपविक्रम शाही स्टारर चलचित्र 'कप्स' को...

सहयोग रकम लिएर मेघालाई भेट्न पुगे प्रदिप र जसिता

पछिल्लो समय चर्चामा रहेको चलचित्र जोडी हो, प्रदिप खड्का र...

मलाई ‘गे’ भन्नेहरुले नै सधै उस्ताहित बनाईरहे’ : अनमोल केसी

कुनै शंका छैन युवा अभिनेतामा सर्वाधिक खोजिने अभिनेता हुन् अनमोल...

दया र गौरवको ‘साइँली’ दोस्रो गीत

चैत्र १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘साइँली’ को दोस्रो...


image