February 11, 2019  

चैत्र २९ मा  चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ रिलिज हुदैछ । जसमा राइजिङ स्टार सलिनमान बनियाको अभिनय रहेको छ । सलिन यसमा यात्रीको भूमिकामा छन् । यात्राको क्रममा आउने आरोह अवरोहलाई यसमा देखाइएको यस चलचित्रको ट्राभल गीत रिलिज गरिएको छ । ट्राभल गीतलाई काठमान्डूबाट सुरु गरिएको छ भने यसमा सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ । गीतमा धर्मेन्द्र सेवान , मेलिना राई , प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ । डेब्यु चलचित्र ‘ए मेरो हजुर २’ मार्फत नै आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका सलिन यस चलचित्र मार्फत निकै आश्वादी छन् । भ्ल्गिस्टको भूमिकालाई उनले सक्दो न्याय गरेको बताउछन् । ‘मैले चाहेकै किसमको भूमिकालाई यसमा निर्वाह गरेको छु’ सलिन भन्छन् ‘चलचित्रले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्धन त गर्छन नै दर्शकलाई पनि लोकेशनले आँखामा शितलता दिन्छ ।’

चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको चलचित्रहरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए । ‘चलचित्रको कथावस्तु यात्रामा केन्द्रित छ तर यसले पूर्ण रुपमा मनोरंजन दिन्छ’ निर्देशक शाक्य भन्छन् ‘चलचित्रमा चाहिने सम्पूर्ण तत्व यात्रामा छ ।’चलचित्रमा यात्राको क्रम आउने परिस्थिति , माया र मित्रतालाई देखाइने उनले बताए ।
यसमा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै चलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन ।

चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।

‘जानी नजानी’ ट्रेलर सार्वजनिक

चैत्र १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'जानी नजानी' को...

‘विरविक्रम २’ रिलिज मिति घोषणा

अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर निर्देशक मिलन चाम्सले चलचित्र...

रोमान्टिक अनुप र संदिपा, यस्तो बन्यो ‘कप्स’ गीत

ह्यान्डसम भिलेनको उपमा पाएका अनुपविक्रम शाही स्टारर चलचित्र 'कप्स' को...

सहयोग रकम लिएर मेघालाई भेट्न पुगे प्रदिप र जसिता

पछिल्लो समय चर्चामा रहेको चलचित्र जोडी हो, प्रदिप खड्का र...

मलाई ‘गे’ भन्नेहरुले नै सधै उस्ताहित बनाईरहे’ : अनमोल केसी

कुनै शंका छैन युवा अभिनेतामा सर्वाधिक खोजिने अभिनेता हुन् अनमोल...

दया र गौरवको ‘साइँली’ दोस्रो गीत

चैत्र १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘साइँली’ को दोस्रो...


image