February 11, 2019  

चलचित्र ‘दि ब्रेकअप’ आउँदो फागुन १७ बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । सार्वजनिक ट्रेलर तथा गीत संगीतलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको बेला निर्माण टिम यतिबेला प्रचार प्रसारलाई तिब्रता दिँदैछ । अर्थपुर्ण प्रचारलाई प्राथमिकता दिँदै निर्माण टिम आइतबार सरस्वती पूजा लक्षित कार्यक्रमका लागि पुल्चोक इन्जिनियरिङ कलेज पुगेको छ । श्री पञ्चमीको उपलक्ष्यमा आयोजित एक कार्यक्रमका विधार्थीमाझ लिड अभिनेता आशिरमान देशराज जोशी, रेमनदास श्रेष्ठ र इच्छा कार्की पुगेका थिए। निकै राम्रो आतिथ्या कलाकारलाई विद्यार्थीले दिएका थिए। नजिकिँदो ‘भ्यालेन्टाइन डे’ लक्षित गर्दै सुरुमै आशिरले लभ र ब्रेकअपको कुरा जोडे ।

 

निर्देशक हेमराज बिसी सहित उपस्थित युनिटले चलचित्रमा समावेश ‘आज हाम्रो भेट भएको दिन’ बोलको गीतमा नृत्य पनि गर्यो । आशिर र इच्छाले स्टेजमा कम्मर मर्काउँदा दर्शक तथा विधार्थीहरुले साथ दिएका थिए । त्यसपछि आशिरका क्रेजी फ्यानहरु सेल्फी र अटोग्राफमा रमाए । एक युवती फ्यानले कापी र डायरीको अभावमा आफ्नो साथमा भएको एक हजारको नोटमै अटोग्राफ लिइन् ।

 

कार्यक्रम पश्चात कुरा गर्दै आशिरले चलचित्रको मुख्य कन्टेन्ट नै युवा लक्षित भएको भन्दै कलेज केन्द्रित प्रचारमा जोडिएको बताए । पछिल्लो पुस्ता प्रेमबाट टाढा नरहेको भन्दै आशिरले माया गर्ने जो कोहिको लागी पनि ‘दि ब्रेकअप’ मनोरञ्जनको उपयुक्त खुराक बन्ने बताए । रुपक थापा, दीपक खतिवडा र रेनु राणाको निर्माणमा बनेको ‘दि ब्रेकअप’मा शिल्पा मास्के, सरोज खनाल लगायत लिड अभिनयमा छन् । फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको छ ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image