February 11, 2019  

अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ फागुन १७ गतेबाट रिलिज हुने तयारीमा रहेको छ। ट्रेलर रिलिज पश्चात निकै राम्रो चर्चा बटुलेको चलचित्रको प्रचारप्रसार यतिबेला तिब्र रुपमा भैरहेको छ। यहि दौरान युवास्टार अनमोल केसी चलचित्र प्रचारका लागी नेपालगंज पुगेका छन्। आईतबार नेपालगंजमा आयोजीत प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ खजुराका दर्शकमाझ अनमोल सहित क्याप्टेन निर्माण टिम पुगेको थियो । अनमोललाई नेपाल प्रहरी, सशत्र प्रहरी र रक्षक सेकुरेटी गार्ड कम्पनीका गार्डहरुको सुरक्षा व्यावस्थाका साथ मञ्चमा उकालिएको थियो ।

महोत्सवमा अनमोल जाने मिति तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए । लामो प्रतिक्षा पश्चात अनमोललाई मञ्चमा पाएसँगै दर्शकले ताली, हुटिङले पुरै खजुराको माहोल तातेको थियो । अनमोलको उपस्थितिका कारण नै उक्त महोत्सवमा २५ हजार बढी दर्शक उपस्थित रहेको बताईएको छ।

महोत्सवको मञ्चमा अनमोल र दर्शबिच क्याप्टेनका विषयमा सवाल जवाफ समेत भएको थियो । यो सँगै दर्शकमाझ उनले क्याप्टेनको हिट गीत रहर छ सँगै बोलको गीतमा डान्सका केही स्टेप देखाएका थिए भने कृ को यति यति पानी गीत गाएका थिए । पहिलो पटक नेपालगन्ज पुगेका अनमोल दर्शकमाझ निकै छाए ।

उक्त महोत्सव समारोहमा सोमबार सदावहार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंह सहभागी हुनेछन् । उनीहरुले पनि क्याप्टेन को प्रचार गर्नेछन् । भुवन, निरुता र अनमोल नाचेको गीत यसै साता रिलिज हुँदैछ । दिवाकर भट्टराई निर्देशित चलचित्रमा अनमोल केसी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईको साथमा नव-नायिका उपासना सिंह ठकुरी र प्रियंका एमभी डेव्यु गदैछन्।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image