January 11, 2019  

चकलेटी अभिनेता आर्यन सिग्देल पछिल्लो समय चलचित्रमा सक्रिय हुन् थालेका छन् । हाल ‘हजार जुनीसम्म’ मा व्यस्त रहेका आर्यन यो लगत्तै कमेडी जनराको एक चलचित्रमा व्यस्त हुने भएका छन् । ‘लेटर’बाट नेपाली चलचित्र निर्देशनमा डेब्यु गरेका साम्तेन भुटियाको नयाँ चलचित्रमा आर्यन फाइनल भएका हुन् । साम्तेन पहिलो पटक कमर्सियल चलचित्र निर्माण गर्दैछन् । कमेडी कथामा निर्माण हुने नयाँ चलचित्रमा आर्यनको साथमा भोलाराज सापकोटा फाइनल भएका छन् ।

साम्तेन भन्छन्, ‘आर्यनलाई चलचित्र निर्माता निर्देशकले लभरव्याईको भूमिकामा मात्र प्रस्तुत गरेका छन् । कमेडी आर्यनको हिडन पार्ट हो र पहिलोपटक म आर्यनलाई पूर्ण कमेडी भूमिकामा प्रस्तुत गर्दैछु ।’ केहिदिन पछि साम्तेनले काठमाडौमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको घोषणा गर्दैछन् । मुख्य अभिनेताको रुपमा आर्यन फाइनल भएता पनि मुख्य अभिनेत्री भने फाइनल गरिएको छैन् । निर्देशक भुटियाका अनुसार अहिले अभिनेत्रीको खोजी भैरहेको छ ।
साम्तेनको निर्देशनमा तयार भएको चलचित्र ‘अनागत’ माघ ११ बाट रिलिज हुँदैछ भने ‘सुस्केरा’ प्रदर्शनको तयारीमा रहेको छ ।

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...


image