January 11, 2019  

पौष २७ गतेबाट दुई नेपाली चलचित्र रिलिज भएका छन् । दुई फरक जनराका चलचित्र दर्शकको माया प्राप्त गर्नका लागी हलमा रिलिज भएका हुन् ।  पछिल्लो केहि हप्ताबाट नेपाली चलचित्रको व्यापार निकै सुस्ताएको बेला हलमा ‘चौका दाउ’ र ‘भिलेन’ रिलिज भएका छन् ।

पुणेन्द्रु झाको निर्देशनमा तयार भएको चलचित्र ‘चौका दाउ’ ले चार अधबैसे पुरुषको युवतिप्रतिको प्रेमलाई प्रस्तुत गरिएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रमा सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयव शाह र बर्षा राउत मुख्य भूमिकमा रहेका छन् । चलचित्रको कथा बरिष्ठ संगीतकार तथा गायक सम्भुजित बाँस्कोटाको रहेको छ । सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण रहेको चलचित्रमा दिर्घ गुरुङ्गको छायांकन, मित्र.डी गुरुङ्गको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, अभिमन्यू निरवीको स्क्रिनप्ले रहेको छ ।

त्यस्तै एक्सनस्टार निखिल उप्रेतीको ‘भिलेन’ रिलिज भएको छ । चलचित्रमा निखिलको साथमा शिल्पा पोख्रेल, कपिल खत्री, निशा अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई कपिल खत्रीले निर्माण गरेका छन् । गएको बर्ष रिलिज ‘पिंजडा ब्याक अगेन’ पछी निखिल पर्दामा आएका छैनन् । सोहि कारण पनि निखिलका फ्यानका लागी यो चलचित्र प्रतिक्षाको बिषय रहनसक्छ ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image