January 10, 2019  

चलचित्र गोपी माघ १८ गतेबाट रिलिज हुने तयारीमा रहेको छ । सार्वजनिक ट्रेलर र गीतबाट निकै राम्रो प्रतिक्रिया बटुलिरहेको चलचित्रको निर्माण टिमले प्रचारका लागी अनेक उपाय अपनाउदै आएको छ । चलचित्र निर्माण संगै प्रचारका लागी पनि पछिल्लो समय चलचित्र निर्माताहरु बिशेष ध्यान दिदै आएका छन् । यहि काम गोपी निर्माण टिमले पनि गरिरहेको छ । केहि समय अगाडी मात्र निर्माण टिमले पोखरामा हट एयर बलुनमा गोपिको पोस्टर उडाएर प्रचारको सुरुवात गरेको थियो ।  पछिल्लो समय गोपी टिम विभिन्न मन्त्रीहरु संग भेटघाटमा समेत व्यस्त रहेको छ । स्वदेशमै केहि गरौ भन्ने युवाको सोच र त्यो भित्र आएको गाइपालनलाई चलचित्रको मुख्य कथा बनाईएको छ ।


केहि दिन अगाडी मात्र ‘गोपी’ टिमसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भेटघाट गरेका छन् । मन्त्री बिष्टले अहिलेको सरकारले स्वरोजगार र स्वावलम्वनको कुरालाई प्राथमिकतामा राखेको भन्दै चलचित्रप्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा आफ्नो पनि नैतिक समर्थन र ऐक्यवद्धता रहेको बताएका थिए ।

त्यस्तै गोपी निर्माण टिमले कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ संग पनि भेटघाट गरेको छ। दर्जनौं गीत तथा नाटकका कलाकार चक्रपाणि खनालले आफू पनि कला पारखी भएको बताउँदै चलचित्रले सान्दर्भिक विषय उठाएको भन्दै निर्माण टिमलाई सफलताको शुभकामना दिएका छन्। मन्त्री खनाल भन्छन्,‘म नेपाली चलचित्रको नियमित दर्शक हुँ । हलमा बारम्बार जान नभ्याए पनि युट्युबमा हेर्ने गर्छु । धेरै चलचित्रमा कलाकारको अभिनय यथार्थपरक नभएको पाएको छु। तर गोपीमा विषय र कलाकार दुवैको अभिनय उत्कृष्ट रहेको अनुमान गरें । यस्ता चलचित्र ज्यादाभन्दा ज्यादा बन्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

 

दिपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image