January 10, 2019  

अभिनेता कामेश्वर चौरसिया अभिनयको हिसावले निकै अब्बल मानिन्छन् । थिएटरबाट आएका उनलाई क्यारेक्टरमा डुवेर अभिनय गर्ने अभिनेताको रुपमा लिईन्छ । उनको अभिनयको प्रशंसक निकै रहेका छन् । तर अभिनयमा पाएको सफलताले उनि मातिए । संघर्ष पछी पाएको सफलतालाई सम्हाल्न नसक्दा उनि कामविहिन भएका छन् । निकै लामो समयबाट उनि चलचित्रमा काम गर्न पाएका छैनन् । उनलाई चर्चाको यति घमण्ड थियो की चलचित्र पलाँस रिलिज ताका उनले मीडियालाई गन्ननै छाडेका थिए । उनमा चढेको लिड हिरो हुने भूतले आज यो स्थितिमा पुर्याएको हो । पछिल्लो समय उनका अन्तर्वार्ता हरेक जसो मीडियामा आउन थालेका छन् । जस्तो सुकै अभिनय गर्न सक्ने घमण्ड पलाएको कारण नै आज उनि यो स्थितिमा पुगेका हुन् ।

 

उनमा एकै कुराको भूत सवार थियो ,’कि लिड क्यारेक्टर, कि मोटो पारिश्रमिक’ । यहि कारण आज उनि कामविहीन भएर बसेको करिव ९ महिना बढी भैसकेको छ । पलाँस ताका आफुले मिडियाको लिष्ट नमागेको स्पष्ट पर्दै उनले आफुले अन्तर्वार्ता भुषण दाहाल र विजयकुमार पाण्डेलाई दिन्छु भनेको चै स्विकार गरेका छन् ।
उनि जुन चलचित्रमा काम गरे प्राय त्यो टिम संग उनि दोहोरिएका छैनन्। यसलाई पनि उनि आफ्नै स्वभावको प्रतिफल मान्छन् । कसै संग झुकेर कुरा गर्न नसक्नु आफ्नो कमजोरी भएको उनि बताउछन् । यो भन्दै गर्दा कामेश्वर यतिबेला आफुलाई कामको अति नै खाँचो भएको पनि बताउछन् । आफुमा लिड अभिनेता बन्ने भूत बाँकी नै रहेको तर हाल जस्तो सुकै काम आए पनि गर्न तयार रहेको उनि बताउछन् ।

 

अनलाईन खबरको कुराकानीमा आधारित

मङ्सिर-पुष: नेपाली चलचित्र फासफुस

पुषको कठ्याङ्ग्रिने जाडोले आम जनजीवन प्रभावित बन्ने गर्छ। हरेक काममा...

सिए पढ्ने सुपुष्पा, प्रशान्तले गर्दा बनिन् ‘रणवीर’ हिरोइन

चलचित्र नगरीमा प्रवेश गर्ने धेरैको चाहना हुन्छ। ग्ल्यामर दुनियाले धेरैको...

सेलिब्रेटी विवाह बर्ष २०१९: बर्षा/सन्जोग र आयुष्मान/प्रियंका

सेलिब्रेटीको हरेक कुराको चासो दर्शक, मीडियालाई रहने गर्दछ. फ्यानहरुका लागी...

विन्दास आयुष्मान र प्रियंका (फोटोफिचर)

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की पछिल्लो समय...

धिरज र जसिताको बढ्दो निकटता, के होला ‘आई एम ट्वान्टिवान’ मा टिमअप ?

डेव्यु चलचित्रबाट नै निकै राम्रो फ्यान फलोअर्स बटुल्न सफल दुई...

विवहाका लागी तयार बर्षा-सन्जोग, फेब्रुअरीलाई तोकियो डेट

नेपाली चलचित्र नगरीको सर्वाधिक चर्चित प्रेम जोडी बर्षा राउत र...


image