January 10, 2019  

चलचित्र ’अनागत’ युनिटले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको बारे जानकारी गराएको छ । मनोविज्ञानमा आधारित चलचित्रले एक परिवारको कथा देखाएको छ । एक परिवारमा शंका उत्पन्न भएपछी आउने परिस्थितिलाई देखाइएको चलचित्रमा अर्पण थापा , प्रियंका कार्की , प्रविन खतिवडा , रोसिन सुबेदी लगायतको अभिनय रहेको छ । चलचित्रमा प्रियंका कार्की र अर्पण थापाले श्रीमान र श्रीमतीको भूमिका निर्वाह गरेका छन् । प्रमोसन म्याटेरियल रिलिज समारोहमा अर्पण , प्रियंका , प्रविन , रोसिन लगायत उपस्थित थिए । ‘लेटर’मार्फत् निर्देशनमा डेब्यु गरेका साम्तेन भुटियाले चलचित्रलाई निर्देशन गरेका हुन् ।

 

सस्पेन्स थ्रिलर श्रेणीमा बनेको चलचित्रलाई माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा सिसन बानियाँको छायाँकन, चन्द्र कुमार झाको कथा, प्रवचन श्रेष्ठ र भुटियाको पटकथा रहेको छ । साम्तेन भुटियाले चलचित्रले एउटा परिवारको कथा भन्छन र यसमा परिवारमा आउने समस्यालाई चित्रण गरेका छौ । यो सस्पेन्स थ्रिल जनरको चलचित्र हो , जसमा शंका गर्ने अनि उत्पन्न स्थानलाई देखाइनेछ । अर्पण थापा र मैले धेरै चलचित्र गरिसके तर यो चलचित्र मेरो निकै नजिक रहेको छ । यसको क्यारेक्टरबाट निस्किन मलाइ समय लागेको थियो । त्यहि अनुरुप सुन्ने बानि भैसकेको थियो । यसमा एउटा मान्छे जो आर्टिस्ट हो र सन्तुलित छ , उ असन्तुलित भएपछि उब्जिने अवस्थालाई चित्रण गरेका छौ ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image