January 9, 2019  

अनुपबिक्रम शाही स्टारर चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेबाट नेपालमा सार्वजनिक प्रदर्शनमा आउँदैछ । हाल पोष्ट प्रोडक्सनमा रहेको चलचित्र नेपाल पहिले विदेशमा प्रदर्शन हुने पक्का भएको छ । निर्माण टिमले हङकङमा चलचित्र को पहिलो प्रदर्शनी हुने बताएको छ ।निर्देशक भिषण राईले चलचित्रको वर्ल्ड प्रिमियर हङकङमा निश्चित भएको जनाए । प्राप्त जानकारी अनुसार आगामी फेब्रूअरी २३ तारिखको साँझ ६ बजे हङकङको याउमातेई स्थित कम्युनिटी हलमा चलचित्रको पहिलो प्रदर्शनी हुनेछ ।

‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ प्रर्दशन हुने चलचित्रको पहिलो शो मा डोनेसन गर्न चाहनेहरुबाट सङ्कलित रकम उक्त अभियानमा उलपब्ध गराइनेछ । हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा आफुलाई समाहित गरिरहेका अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले ‘पुरानो बुलेट’ प्रिमियरको जिम्मा लिएका छन् ।

पुर्वेली टिपिकल कथा र लोकेशनलाई थिम बनाउँदै निर्माण भएको चलचित्रमा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बु लिड अभिनयमा छन् । उल्लेखित तीन कलाकारसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको पनि अभिनय फिल्ममा समावेश छ । सन्तोष राई कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु छन् ।

हरी घले लामाले खिचेको यो चलचित्र मार्फत निर्देशनमा डेब्यू गरेका राईले लामो समयको रंग पत्रकारिता र फिल्म समिक्षामा खारिएको अनुभव चलचित्र निर्देशनमा खर्चिएको बताए । चलचित्रको सम्पुर्णजसो छायाँकन पुर्वी नेपालमा नै गरिएको छ ।

मलिका संग रंगिए सलिन, यस्तो रह्यो ‘यात्रा’ को होली (फोटोफिचर)

आज अर्थात् बिहिबार काठमाडौं उपत्यका सहित देशका पहाडी क्षेत्रमा हर्षोल्लासका...

यस्तो बन्यो ‘कागजपत्र’ नयाँ गीत

नाजिर हुसेन र शिल्पा मास्के स्टारर चलचित्र 'कागजपत्र' को ‘स्याड...

‘जात्रै जात्रा’ को ‘माया पिरिम’ मा स्टार कलाकारको डान्स (भिडियो)

चलचित्र 'जात्रै जात्रामा' समावेश पहिलो गीत सार्वजनिक भएको छ। निशान...

रुचाईयो अनमोल र सुहानाको ‘जिन्दगि नै भन्दिन’

युवास्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा मुख्य भूमिकामा...

जेठ ३ मा ‘जात्रै जात्रा’ र ‘वीरबिक्रम २’

व्यानर र स्टारकाष्टको कारण २०७६ को लागि प्रतिक्षित चलचित्र हुन्,...

‘दाल भात तरकारी’ शिर्ष गीत रिलिज (भिडियो)

'भिजिट भिषामा' बोलको गीतले युट्युवमा पाएको सफलता पश्चात 'दाल भात...


image