January 9, 2019  

रिलिज मिति नजिकिदै गर्दा चलचित्र ‘रणवीर’ टिमले केहि पोष्टर सार्वजनिक गरेको छ ।चलचित्रको निर्माण टिमले सार्वजनिक गरेको टिजर र एक गीतले बजारमा निकै राम्रो हाईप बनाएको छ। चलचित्रको सार्वजनिक पोष्टरमा चलचित्रका लिड कलाकारहरु प्रशान्त ताम्राकार, शुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्ट प्रस्तुत छन् ।

सार्वजनिक पोष्टरमा दुई अभिनेत्रीसँग शुशीलको प्रेमभाव प्रस्तुत गरिएको छ । चलचित्रमा प्रशान्त ताम्राकार भिलनेको रुपमा प्रस्तुत भएका छन्। चलचित्रको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्देशन गोविन्द सिंह भण्डारीले बताए । माघ १८ गतेबाट रिलिज तयारीमा रहेको ‘रणवीर’ मा कथा, पटकथा, संवाद पनि निर्देशक भण्डारीकै रहेको छ । चलचित्रमा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी लगायतका कलाकारको अभिनय रहेको छ ।

 

महँगो बजेटमा निर्माण भएको बताईएको चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । शुभेच्छा र सुपुष्पाको यो डेव्यु चलचित्र हो ।

प्रेम र लीलाको मिलन र विछोडको कथामा ‘प्रेमलिला’

फागुन १० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'प्रेमलिला' को अफिसियल...

चलचित्र निर्माणमा दिपक मनांगे, शिशिर निर्देशक

कलाकार तथा निर्देशक शिशिर राणा दोश्रो चलचित्र निर्देशनको तयारीमा जुटेका...

स्वस्तिमाको ‘बुलबुल’ ट्रेलर रिलिज (भिडियो)

अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्र 'बुलबुल' को ट्रेलर...

आयुष्मानसंग शिल्पाको ‘सानो मन’

आयुष्मान देषराज जोशी र शिल्पा मास्के मुख्य भूमिकामा रहने चलचित्र...

त्रिशला र स्वप्नको आवाजमा ‘पिरतीको गाउँ….’

चलचित्र 'सय कडा दश' मा समावेश नयाँ गीत सार्वजनिक भएको...

धिरज र जसिताको बढ्दो निकटता, के होला ‘आई एम ट्वान्टिवान’ मा टिमअप ?

डेव्यु चलचित्रबाट नै निकै राम्रो फ्यान फलोअर्स बटुल्न सफल दुई...


image