December 6, 2018  

नेपाल आइडल सिजन २ को गाला राउण्ड अन्तर्गत टप ५ प्रतिस्पर्धी बीच प्रतिष्पर्धा चलिरहेको छ। सुमित पाठक, बिक्रम बराल, अमित बराल, रबि ओड र अस्मिता अधिकारी टप ५ मा रहेका छन्।
टप ५ मा झापाली ठिटो पाठले सुशान्त केसीको आवाजमा रहेको ‘आमा..’ बोलको गीत गएका थिए. आफ्नै स्वर्गीय आमालाई सम्झिएर उनले यो गीत गएका थिए।
गीत संगै उनले ‘पर्फमर अफ द डे’ घोषित भएका थिए। नेपाल आइडलको एपिसोड प्रसारण भए लगत्तै आमाको संझनामा उनले लामो स्टाटस पोष्ट गरेका छन्।

 

यस्तो छ सुमितको स्टाटस:

आदरणीय मेरा गुरुवर्ग, नियम लगाउने भन्दापनी आफन्त ठानिदिने निर्णायकज्यूहरू सबैलाई मेरो हृदयदेखि नै नमस्कार, प्रतिश्पर्धी भन्दा पनि नजिकका अत्मीय लाग्ने आफन्त जस्ता मित्रहरू र मलाई माया गरेर आफ्नो तर्फबाट सक्दो भोट गरेर मलाई यहाँ सम्म ल्याइपुर्याउनुहुने मेरा शुभचिन्तकज्यूहरू यहाँहरू सबैलाई मेरो अन्तरहृदयदेखि नै नमस्कार छ । म आज नेपाल आइडलको जुन मञ्चमा छु त्यो सबै यहाँहरूको देनको कारण छु ।

खासमा आज म सारै भाबुक बनेको छु । आज मैले सुशान्त केसी ज्यूले गाउनु भएको आमा बोलको गीत गाउने प्रयास गरेँ । आमा शब्दप्रति मेरो फरक अनुभूति छ । खासमा मैले साँच्चै आमाको मायाको महसुस गर्ने बेलामा मेरी आमाको काख मसँग थिएन । बुबाले मलाई संगीत चिनाउनु भयो । मैले संगीतमा नै आमाको अनुभूति पाएँ । मैले संगीत बुझेदेखि मेरा लागि संगीत नै आमाको काख भएको हो । त्यसैले आमा बोलको यो गीत मेरा लागि विशेष थियो । मैले मेरो ठाउँबा राम्रो गाउने कोशिष गरेँ । यही गीतले नेपाल आइडलको यो महामञ्चमा दोस्रो पटक “PERFORMER OF THE DAY” पनि बनायो । धेरै धेरै धन्यवाद सुशान्त केसी सर ।

आज मेरी आमा यो संसारमा हुनुहुन्थ्यो भने सायद म भन्दा उहाँ नै धेरै खुसी हुनुहुन्थ्यो होला । यो खुसी म मेरी आमाको नाममा समर्पण गर्न चाहन्छु । आमा मैले “आमा” बोलको गीत गाएर “PERFORMER OF THE DAY” भएँ, दुनियाँ साक्षी छ आमा आजको दिनसम्म तपाईको छोरा सुमितले बाटो बिराएको छैन । मलाई आशिर्वाद दिनुहोस् आमा म मेरो ठाउँबाट अझ राम्रो गर्न सकुँ ।

झापा विवादपछी एकसाथ सुमित र अस्मिता, दिए यस्तो प्रतिक्रिया (भिडियोसहित)

नेपाल आइडल सिजन २ को शिर्ष ४ प्रतिष्पर्धा मध्ये २...

अनमोलको हिरोइन देखि सारा शिर्पाली सम्म, यस्तो छ नयाँ क्यालेन्डर

संयुक्त राज्य अमेरिकामा रहेर नेपाली इभेन्टस तथा कार्यक्रमहरु गर्दै आएको...

नेपाल आइडल टप ५ बाट बाहिरीए अमित बराल , सुमितले पाए सर्वाधिक भोट

नेपाली गायन रियालिटी शोमा सर्वाधिक चर्चा र साथ पाएको शो...

राजधानीको ठण्डीलाई नम्रताको च्यालेन्ज (फोटोफिचर)

पछिल्लो समयको सर्वाधिक सुन्दरी अभिनेत्रीको रुपमा गनिन्छिन्, नम्रता श्रेष्ठ ।...

के नेपाल आइडलका क्रिशल कडेल र सेड्रीना देखिदैछन् एकै चलचित्रमा….?

नेपाल आइडलबाट चर्चामा आएका व्यक्ति हुन्, क्रिशल कडेल । घादिङका...

‘आइएम ट्वान्टी वन’ मा धिरज र जसिताको जोडी……..

निर्देशक रेनशा वान्तवा राईको डेव्यु चलचित्र 'इन्टु मिन्टु लन्डनमा' ले...


image