December 6, 2018  

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘प्रसाद’ को बुधबार प्रिमियर सम्पन्न भएको छ । राजधानीको ‘बिग मुभिज’ मा आयोजना गरिएको रेड कार्पेट प्रिमियरमा चलचित्रकर्मी र अन्य सेलिब्रेटीको उपस्थिति रहेको थियो । प्रिमियरमा उपस्थित अधिकांशले चलचित्रको कथावस्तु र कलाकारको अभिनयलाई चलचित्रको सशक्त पाटो रहेको प्रतिक्रिया दिएका छन् ।


निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा बोल्ने चलचित्रलाई सुशील पौडेलले लेखेका छन् । सुवास थापाको लगानी रहेको चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत मुख्य भूमिकामा रहेका छन् ।


वन केसी, रेनाशा वान्तवा राई, हेमराज विसी, केशव भट्टराई, दीपेन्द्र के. खनाल, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, ऋचा शर्माको साथमा नेपाल आइडलका शिर्ष ५ प्रतिष्पर्धी चलचित्रको प्रिमियरमा उपस्थित रहेका थिए ।


चलचित्रको प्रिमियर पश्चात पाएको प्रतिक्रियाले निर्माण टिम निकै उत्साहित रहेको छ । लभ स्टोरी जनरामा अव्वल मानिएका निर्देशक राउतको फरक निर्देशकीय पाटोलाई अधिकांसले प्रसंसा गरेका छन् । अन्तरजातीय विवाह गरेर निसन्तान दम्पतिको भूमिका निर्वाह गरेका विपिन र नम्रताको भूमिकालाई अधिकांशले प्रशंसा गरेका छन् । चलचित्र मङ्सिर २१ गतेबाट रिलिज हुदैछ ।

‘दाल भात तरकारी’ मा पुष्पल र आंचलको जोडी (फोटोफिचर)

अभिनेता पुष्पल खड्का पछिल्लो समय चर्चामा रहेका छन्। नवल नेपालको...

बाबुछोराको कथामा दयाहाङको ‘आप्पा’, रिलिज भयो पोष्टर

दयाहाङ्ग राई मुख्य भूमिकामा रहेको चलचित्र ‘आप्पा’को फस्टलुक रिलिज गरिएको...

भूकम्पको कथामा ‘कथा ७२’, यस्तो बन्यो गीत (भिडियो)

भूकम्पको कथामा बनेको चलचित्र 'कथा ७२' मा समावेश नयाँ गीत...

नेपालसंगै विदेशमा ‘सुश्री सम्पत्ति’

मङ्सिर २८ गतेबाट नेपाल रिलिज तयारीमा रहेको चलचित्रको विदेश प्रदर्शन...

फुटबल खेलाडी अनमोल, पोष्टरमा साथ देखिए सुनिल र प्रशान्त

अभिनेता अनमोल केसी स्टारर चलचित्र 'क्याप्टेन' को दुई नयाँ पोष्टर...

‘मारुनी’ मा पुष्पल र साम्राज्ञीको जोडी

निर्मात्री पनम गौतमले निर्माण गर्ने नयाँ चलचित्रको नाम जुराईएको छ।...


image