December 5, 2018  

निर्देशक रेनशा वान्तवा राईको डेव्यु चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ ले वजारमा निकै राम्रो चर्चा कमायो। युकेमा बस्ने धिरज मगर चलचित्रमा मुख्य भूमिकामा रहेका थिए। डेव्यु चलचित्रमा नै उनले निकै राम्रो फ्यान फलोअर्स कमाए। धिरजलाई नै लिएर रेनशाले दोश्रो चलचित्र ‘आइएम ट्वान्टी वनको घोषणा गरिसकेकी छिन् । आइकोर फिल्मसले बनाउने चलचित्र घोषणा गर्दा रेनशाले धिरज मात्र फाइनल गरेकी थिइन् । चलचित्र निर्माण टिम हिरोइनको खोजीमा रहेको छ । चलचित्रमा धिरज मगरको जोडीको रुपमा जसिता गुरुङ्ग फाइनल हुने लगभग पक्का रहेको बुझिएको छ । जसिता संग निर्माण टिम लगातार मिटिङमा रहेको बुझिएको छ ।

 

केही दिन अगाडी मात्रै रेनशा र जसिताले समुहमा इन्स्टा स्टोरी सेयर गरेका थिए । त्यसो त केहि दिन अगाडी जसिताले एक अन्तर्वार्तामा आफु धिरज मगर संग काम गर्ने उत्साहित रहेको प्रतिक्रिया दिएकी थिइन्। ‘लिलिबिली’ डेव्यु जसिता पहिलो चलचित्रबाट नै निर्देशक/निर्माताको रोजाईमा पर्दै आएकी छिन्। उनको दोश्रो चलचित्र ‘लभ स्टेशन’ छायांकनको क्रममा रहेको छ। काफिया फिल्म्स् संगको दुई चलचित्रको कन्ट्रयाक्टले गर्दा उनि लगातार दुई चलचित्रमा प्रदिप खड्का संग देखिएकी हुन्।
पहिलो चलचित्रबाट नै उल्लेख्य मात्रामा फ्यान फलोअर्स कमाएका धिरज र जसिता एकसाथ चलचित्रमा देखिएमा इनिसियल व्यापार राम्रो हुने पक्का देखिन्छ।

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...

भारतीय गायक सनम संग मिस नेपाल अश्मीको प्रेम

मिस नेपाल २०१६ अश्मी श्रेष्ठले अन्तन: आफ्नो प्रेमी सार्वजनिक गरेकी...

‘डि सिने अवार्ड – २०७६’- सलिन र नम्रता उत्कृष्ट नायक-नायिका

शनिबार राजधानीमा एघारौं 'डि सिने अवार्ड - २०७६' सम्पन्न भएको...

भारतमा श्वेताको शल्यक्रिया लेख्छिन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो ।’

अभिनेत्री श्वेता खड्का यतिबेला भारतमा अस्पताल भर्न भएकी छिन्। उनलाई...

तीन रियल लाईफ जोडी, जो देखिदैछन् साथ चलचित्रमा

बर्ष २०७६ धेरै चलचित्रका लागी प्रतिक्षित रहेको छ। रिल लाईफमा...


image