December 5, 2018  

नेपाली सांगीतिक क्षेत्रमा मंगोलियन हार्ट एक परिचित नाम हो, उल्लेख्य संख्यमा सुपरहिट गीत दिएको यो ब्याण्डले आफ्नो रजत महोत्सवमा युएईमा कन्सर्ट गर्ने भएको छ ।यहि ६ र ७ डिसेम्बरमा युएइका मुख्य दुइ ठाउँमा मंगोलियन हर्टको भब्य कन्सर्ट हुने भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लोकप्रिय सांगीतिक समुह ‘मंगोलियन हर्ट’ले स्थापनाको २५ वर्ष पूरा अबसरमा सयुक्त अरब इमीरेट्समा पनि दुइ वटा सांगीतिक कार्यक्रम राखेको ह ।

यहि मङ्सिर २० र २१ अर्थात डिसेम्बर ६ र ७ मा युएइका दुइ शहर अबुधावी र बर दुबईमा कन्सर्ट हुने भएको हो । मंगोलियन हर्टको भब्य सांगीतिक कार्यक्रमको आयोजना दुबई नेपाली रक्सले गरेको हो ।अबुधाबीमा डिसेम्बर ६ तारिखमा ली मेरिडियन होटेल र डिसेम्बर ७ तारिखमा बर दुबईको अस्टोरिया होटेलस्थित क्लब एभरेस्टमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाली रक्सका यमन गुरुङ ले जानकारी दिएका छन् ।

मंगोलियन हर्टका म्यानेजर एवम् गीतारिस्ट बबी लामाका अनुसार ब्याण्डको सांगीतिक यात्रा २५ बर्ष पुगेकोमा २५ ठाउँमा सांगीतिक कन्सर्ट गर्ने लक्ष्य अनुरुप अहिले सम्म ८ वटा ठाउँमा गरिसकेको युएइको २ वटा कार्यक्रमपछि बाँकी १५ ठाउँको गर्ने तयारी लगभग सकिन लागेको छ ।

नेपाली सांगीतिक समूहहरु लामो समय सम्म टिक्न नसक्ने भन्ने भनाइलाई असत्य साबित गर्दै ब्याण्डले ‘सिल्भर जुब्ली’का कार्यक्रमहरु गर्दै आइरहेको छ । ७ वटा एल्बमका ५ दर्जन गीतहरु बजारमा आइसकेका नेपाली मेलोडी पप र सेलो गीतहरु गाउन सिपालु मंगोलियन हर्टका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, ‘नतानुँ त तानुँ लाग्ने’, ‘गाजलु टीका’ लगायत गीत चर्चित छन्।

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...

भारतीय गायक सनम संग मिस नेपाल अश्मीको प्रेम

मिस नेपाल २०१६ अश्मी श्रेष्ठले अन्तन: आफ्नो प्रेमी सार्वजनिक गरेकी...

‘डि सिने अवार्ड – २०७६’- सलिन र नम्रता उत्कृष्ट नायक-नायिका

शनिबार राजधानीमा एघारौं 'डि सिने अवार्ड - २०७६' सम्पन्न भएको...

भारतमा श्वेताको शल्यक्रिया लेख्छिन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो ।’

अभिनेत्री श्वेता खड्का यतिबेला भारतमा अस्पताल भर्न भएकी छिन्। उनलाई...

तीन रियल लाईफ जोडी, जो देखिदैछन् साथ चलचित्रमा

बर्ष २०७६ धेरै चलचित्रका लागी प्रतिक्षित रहेको छ। रिल लाईफमा...


image