December 4, 2018  

अभिनेत्री निरुता सिंह कुनै समय नेपाली चलचित्र नगरीमा सफलताको झण्डा गाड्न सफल रहेकी थिइन् । करिव ८ बर्ष अगाडीसम्म निरुता लगातार चलचित्रमा व्यस्त रहेकी थिइन् । करिब ८ बर्ष पछी निरुताले ‘नाई नभन्नु ल ५’ बाट चलचित्रमा कमब्याक गरेकी थिइन् । केमियो भूमिकामा देखिएकी निरुताको लागी यो कमब्याक निकै फलदायी सावित भएको छ।

यो चलचित्र पश्चात निरुता एकपछी अर्को चलचित्रमा व्यस्त रहेकी छिन् । निरुता अहिले चलचित्र ‘दाल भात तरकारी’मा काम गरिरहेकी छिन् भने उनलाई चलचित्र ‘लभ स्टेशन’मा पनि फाइनल गरिएको थियो। तर निरुताले निजि कारण देखाउदै चलचित्र छाडीन् । निर्देशक विकासराज आचार्यको चलचित्रबाट कमब्याक गरेकी निरुता उनको नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्।

लभ स्टोरी कथामा निर्माण हुन लागेको चलचित्र ‘हजारजुनी सम्म’ का लागि निरुतालाई फाइनल गरिएको निर्माणपक्षले जनाएको छ ।
पर्दामा निरुता सिंह मिस गरिरहेका दर्शकले अब केहि समय निरुताको उपस्थितिको आन्नद लिनेछन् । सुन्दर अभिनय र नृत्यले निरुताले धेरै फ्यान फलोअर्स कमाएकी छिन् ।

झापा विवादपछी एकसाथ सुमित र अस्मिता, दिए यस्तो प्रतिक्रिया (भिडियोसहित)

नेपाल आइडल सिजन २ को शिर्ष ४ प्रतिष्पर्धा मध्ये २...

‘दाल भात तरकारी’ मा पुष्पल र आंचलको जोडी (फोटोफिचर)

अभिनेता पुष्पल खड्का पछिल्लो समय चर्चामा रहेका छन्। नवल नेपालको...

बाबुछोराको कथामा दयाहाङको ‘आप्पा’, रिलिज भयो पोष्टर

दयाहाङ्ग राई मुख्य भूमिकामा रहेको चलचित्र ‘आप्पा’को फस्टलुक रिलिज गरिएको...

भूकम्पको कथामा ‘कथा ७२’, यस्तो बन्यो गीत (भिडियो)

भूकम्पको कथामा बनेको चलचित्र 'कथा ७२' मा समावेश नयाँ गीत...

नेपालसंगै विदेशमा ‘सुश्री सम्पत्ति’

मङ्सिर २८ गतेबाट नेपाल रिलिज तयारीमा रहेको चलचित्रको विदेश प्रदर्शन...

फुटबल खेलाडी अनमोल, पोष्टरमा साथ देखिए सुनिल र प्रशान्त

अभिनेता अनमोल केसी स्टारर चलचित्र 'क्याप्टेन' को दुई नयाँ पोष्टर...


image