November 3, 2018  

तीन स्टार कलाकार नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल वस्नेत मुख्य भूमिकमा रहेको चलचित्र ‘प्रसाद’ को ट्रेलर शुक्रबार रिलिज भएको छ । सार्वजनिक दुई गीतबाट निकै राम्रो प्रतिक्रिया बटुलेको चलचित्रको ट्रेलरले पनि उत्तिकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ । चलचित्रको ट्रेलर शुक्रबार रियालिटी शो नेपाल आइडल मार्फत लन्च गरिएको थियो ।

                                                                                                                                                     तस्विर: गुगल

निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा चलचित्रले बोल्छ । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठ श्रीमान्- श्रीमतीको भूमिकामा रहेका छन् भने यी दुईको प्रेममा निश्चल बस्नेत भिलेन बनेका छन् । चलचित्रको ट्रेलरले युट्युवमा निकै राम्रो प्रतिक्रिया पाईरहेको छ । बिशेष गरि चलचित्रका कलाकारको अभिनय र कन्टेन्टलाई दर्शकले मन पराएका छन् । सुशील पौडेलको कथा रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र मङ्सिर २१ गतेबाट रिलिज हुनेछ ।

‘जानी नजानी’ ट्रेलर सार्वजनिक

चैत्र १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'जानी नजानी' को...

‘विरविक्रम २’ रिलिज मिति घोषणा

अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर निर्देशक मिलन चाम्सले चलचित्र...

रोमान्टिक अनुप र संदिपा, यस्तो बन्यो ‘कप्स’ गीत

ह्यान्डसम भिलेनको उपमा पाएका अनुपविक्रम शाही स्टारर चलचित्र 'कप्स' को...

सहयोग रकम लिएर मेघालाई भेट्न पुगे प्रदिप र जसिता

पछिल्लो समय चर्चामा रहेको चलचित्र जोडी हो, प्रदिप खड्का र...

मलाई ‘गे’ भन्नेहरुले नै सधै उस्ताहित बनाईरहे’ : अनमोल केसी

कुनै शंका छैन युवा अभिनेतामा सर्वाधिक खोजिने अभिनेता हुन् अनमोल...

दया र गौरवको ‘साइँली’ दोस्रो गीत

चैत्र १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘साइँली’ को दोस्रो...


image