October 23, 2018  

नेपालमा सफलता पुर्वक चलिरहेको चलचित्र ‘छक्का पन्जा ३’ विदेशमा पनि अब्बल सावित भएको छ । नेपालीहरुको बाहुल्यता रहेका विदेशका विभिन्न स्थानमा चलचित्र प्रदर्शन भैरहेको छ। युके, अष्ट्रेलिया, अमेरिका, कोरिया, हंगकंग लगायतका स्थानमा चलचित्रले दर्शकको राम्रो साथ पाएको छ। चलचित्रका सवै शोजहरु सोल्ड आउट हुदै आएको निर्देशक दिपाश्री निरौलाले जानकारी दिएकी छिन्।

यहि बिचमा चलचित्र स्पेनमा पनि प्रदर्शन हुने भएको छ। सारा इभेन्ट इन्टरटेन्मेन्टले ‘छक्का पञ्जा ३’ स्पेनको चार सहरमा प्रर्दशन गर्ने भएको छ सारा इभेन्टका मेघनाथ ढकालले स्पेनको राजधानी म्याड्रीडसँगै बार्सिलोना, बेनिड्रोम र विल्वाओ गरि चार शहरमा ‘छक्का पञ्जा ३’ को प्रर्दशन निश्चित भएको जानकारी गराए ।

 

नोभेम्बर ५ मा बेनिड्रोममा चलचित्र प्रदर्शन हुनेछ भने नोभेम्बर ११ तारीखमा म्याड्रीडमा प्रदर्शन हुनेछ । अन्य दुइ शहरको प्रदर्शन मिति तय हुन बाँकी रहेको ढकालले बताए । दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, नीर शाह लगायतका कलाकारको अभिनय रहेको चलचित्र घटस्थापना बाट प्रदर्शनमा आएको हो ।

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

पछी सर्यो निता र मिरुनाको ‘साईनो’

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र...

दया र कर्माको साथमा ‘कबड्डी ३’ मा उपासना

सफल चलचित्र 'कबड्डी' को तेश्रो सिक्वेल 'कबड्डी ३' को शुभमुहर्त...

दिपेन्द्रको निर्देशनमा ‘आमा’, सुर्यमाला र सुरक्षा लिड रोलमा

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा...


image