September 11, 2018  

पछिल्लो समय अभिनेता प्रदिप खड्का स्टारर चलचित्र ‘रोज’ रिलिज भएको छ। भदौ २२ गतेबाट रिलिज भएको चलचित्रले मिश्रित प्रतिक्रिया र मिश्रित दर्शकको साथ पाईरहेको छ। चलचित्रमा केहि नौलो पात्र ल्याउन खोजेका प्रदिप त्यसमा सफल हुन नसकेको प्रतिक्रिया मिलिरहेको छ। ‘प्रेमगीत’ बाट चम्किएका प्रदिप त्यसपश्चात प्रेमगीत २, लिलीबिलि बाट डीमान्डेड बने। बजारमा चर्को पारिश्रमिक दिएर उनलाई चलचित्र खेलाउने निर्माता, निर्देशकको कमी रहेको छैन। सफलताको सिडी चढदै जाँदा उनले अनेकन आरोपहरु खेप्दै आएका छन्।

कन्ट्रोभर्सिमा रमाउने, रिलिज पश्चात टिम संग सम्बन्ध राम्रो नराख्ने उनले मुख्यतः खेप्दै आएका आरोप हुन्। प्रेम गीत रिलिजको ३ बर्ष लामो समय वितिसक्दा पनि यो टिम संगको सम्बन्धको प्रश्न उनले लगातार खेप्ने प्रश्न हो। पूजा शर्मा र सुदर्शन थापा संग चिसिएको सम्बन्धको प्रश्नले उनलाई पटकपटक झस्काउने गर्दछ। अझ पछिल्लो समय त पूजा शर्माको चलचित्र ‘रामकहानी’ संग नै चलचित्र जुधे पछी उनि पुन : एकपटक कन्ट्रोभर्सीमा तानिए। संगै काम गरेका कलाकार संग अथवा टिम संग नदेखिने गरेको आरोप पनि उनलाई लाग्छ।

भिडियो:

उनि भन्छन्, ‘ म मात्र हैन धेरैले फरक फरक टिम संग काम गरेका छन्। मैले काम गरेको प्रेमगीत टिमले पनि हरेक चलचित्रमा नयाँ अभिनेता संग काम गर्नुभएको छ। तर उहाहरुको बारेमा त यस्तो प्रतिक्रिया आउदैन त।मैले काम गरिसकेपछि अर्को टिममा काम गर्न पाउछु। तर यो बिषयमा कुरा काट्दै हिड्न जरुरी छैन ।’

 

अभिनेत्री श्वेता खड्का (फोटोफिचर)

श्रीकृष्ण श्रेष्ठको निधन पश्चात निकै बर्ष पछी अभिनेत्री श्वेता खड्का...

बाइकले ठक्कर दिएपछी अस्पताल भर्ना भए विपिन

'जात्रै जात्रा' छायांकनमा व्यस्त रहेका अभिनेता विपिन कार्की सडक दुर्घटनामा...

नेपाली चेली मेनुका पौडेलको भारतमा धमाका, ‘सारेगामाप’ को अर्को राउण्ड प्रवेश

'नेपाल आइडल' बाट चर्चामा आएकी मेनुका पौडेल यतिबेला भारतको सर्वाधिक...

‘पूजा र मेरो भविष्य अव दर्शकको हातमा छ’- आकाश श्रेष्ठ

चलचित्र 'रामकाहनी' रिलिज पश्चात पूजा शर्मा र आकाश श्रेष्ठको जोडीलाई...

जन्मदिनमा व्याईफ्रेन्डको घरमा नशाले लट्ठ साम्राज्ञी (भिडियो)

पछिल्लो समयकी सर्वाधिक चर्चामा रहने अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी...

साम्राज्ञी राज्यलक्ष्मी शाह : ट्याटू कन्ट्रोभर्सी देखि सर्वाधिक महँगो अभिनेत्री

पछिल्लो समय सर्वाधिक चर्चामा रहेन अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह।...


image