June 12, 2018  

नाइँ न भन्नु ल सिक्वेल डेव्यु नायक पल शाहले म्युजिक भिडियोबाट नै निकै राम्रो क्रेज बनाएका थिए।  सोहि क्रेज उनले उनका केहि चलचित्रमा साथ समेत दियो।  रिलिज भएको दोश्रो चलचित्र ‘म यस्तो गीत गाँउछु’ व्यापारिक हिसाबले सफल बन्यो र सिनेमाघरमा पलको क्रेज निकै राम्रो देखियो।  सोहि कारण पनि उनलाई नेपालका पछिल्लो पुस्ताको स्टार दौडमा राखेर हेरियो।  उनको रिलिज ‘जोनी जेन्टलम्यान’ फ्लप रह्यो भने पछिल्लो रिलिज ‘शत्रुगते’ बम्पर बन्यो।

 

तर शत्रुगते हिट बनिरहदा उनि भने ओझेलमा परेको धेरैले प्रतिक्रिया दिए।  मल्टीकास्ट चलचित्रमा उनको भूमिकाको बारेमा अनेक टिकाटिप्पणी समेत भए।  अनमोल केसी, प्रदीप खड्का र पल शाहलाई एक पुस्ताको स्टार दौडमा राखिएको छ।  अनमोल पछिल्लो समय धमाधम चलचित्र छायाँकन र साईन गर्नमा व्यस्त छन् भने प्रदिपको व्यस्तता पनि उस्तै रहेको छ।  तर यो भिडमा पल शाह भने म्युजिक भिडियो तर्फ पुन: आकर्षित हुदै गएका छन्।

उनि म्युजिक भिडियो छायाँकनमा व्यस्त रहेका छन् भने यो बिचमा कुनै चलचित्र साइन गरेका छैनन्।  सोलो अभिनेताको रुपमा चलचित्र चलाउन निकै गाह्रो रहेको छ भने मल्टीकास्ट चलचित्रमा छायाँमा पर्ने डर उत्तिकै रहेको छ।  सोहि कारण पनि कस्तो चलचित्र गर्ने अन्योलमा उनि परेको हुनसक्छ। तर अभिनेत्री आँचल शर्मा संगको प्रेम सम्बन्धको चर्चाका कारण उनि मीडियामा सधै छाउने गर्दछन्।

केहि समय अगाडी अब ३-४ महिना चलचित्रको बारेमा नबोल्ने बताएका पल शाहको करियर अल्मलिएका बेला कसले सहि बाटो देखाईदिने हो त्यो भने हेर्न बाकी छ।

अभिनेत्री श्वेता खड्का (फोटोफिचर)

श्रीकृष्ण श्रेष्ठको निधन पश्चात निकै बर्ष पछी अभिनेत्री श्वेता खड्का...

बाइकले ठक्कर दिएपछी अस्पताल भर्ना भए विपिन

'जात्रै जात्रा' छायांकनमा व्यस्त रहेका अभिनेता विपिन कार्की सडक दुर्घटनामा...

नेपाली चेली मेनुका पौडेलको भारतमा धमाका, ‘सारेगामाप’ को अर्को राउण्ड प्रवेश

'नेपाल आइडल' बाट चर्चामा आएकी मेनुका पौडेल यतिबेला भारतको सर्वाधिक...

‘पूजा र मेरो भविष्य अव दर्शकको हातमा छ’- आकाश श्रेष्ठ

चलचित्र 'रामकाहनी' रिलिज पश्चात पूजा शर्मा र आकाश श्रेष्ठको जोडीलाई...

जन्मदिनमा व्याईफ्रेन्डको घरमा नशाले लट्ठ साम्राज्ञी (भिडियो)

पछिल्लो समयकी सर्वाधिक चर्चामा रहने अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी...

साम्राज्ञी राज्यलक्ष्मी शाह : ट्याटू कन्ट्रोभर्सी देखि सर्वाधिक महँगो अभिनेत्री

पछिल्लो समय सर्वाधिक चर्चामा रहेन अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह।...


image