‘प्रेमगीत २’ टिमलाई ‘म यस्तो गीत गाँउछु’ निर्देशकको यस्तो जवाफ (भिडियोसहित)

बर्ष २०७२ मा रिलिज भएको चलचित्र ‘प्रेमगीत’ निकै सफल बन्यो। दर्शकबाट निकै राम्रो साथ पाएको चलचित्रको टिम भने चलचित्र रिलिज संगै बाडियो। निर्माता सन्तोष सेनाले अभिनेता प्रदिप खड्कालाई च्यापे भने अभिनेत्री पूजा शर्माले निर्देशक साथ दिईन्।

धुर्विकरण भएका यी दुई जोडीले अहिले गरक फरक दुई चलचित्र निर्माण गरेका छन्। सन्तोष शेनले प्रदिप खड्कालाई लिएर चलचित्र ‘प्रेमगीत २’ बनाए भने पूजा शर्मा र सुदर्शन थापा मिलेर चलचित्र ‘म यस्तो गीत गाउँछु’ निर्माण गरे।अव एकसाथ मिलेर सफल चलचित्र दिएका चार जना दुई ध्रुव भएपछी एकअर्काको प्रतिस्पर्धी बन्नु स्वभाविक नै हो।
त्यहि प्रतिष्पर्धाको भावना अहिले अझ बढी देखिएको छ।

केहि दिन अगाडी मात्रै चलचित्र ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर सार्वजनिक भएको थियो। ट्रेलर सार्वजनिक भएको केहि समयमा नेपाल युटुव ट्रेन्डीङमा नम्बर १ मा पर्न सफल भयो। यहि कुरालाई व्यंगात्मक हिसावले निर्माता सन्तोष शेनले फेसबुकमा स्टाटस राखेका थिए। तर सुदर्शन थापाले भने चलचित्र प्रेम गीत २ को ट्रेलर शेयर गर्दै निर्माण टिमलाई शुभकामाना दिएका छन्।

अव सुदर्शनको यो शुभकामना सन्तोष शेनको लागि व्यंग हो या अरु केहि त्यो भने सुदर्शन थापा स्वयमलाई थाह होला। तर हाम्रो चाहाना भनेको सदा राम्रा नेपाली चलचित्रहरु मारामा नपुरुन भन्ने नै हो। म यस्तो गीत गाँउछु असार ३० मा रिलिज हुदै छ भने प्रेमगीत २ साउन १३ मा रिलिज हुदैछ।

Comments

comments