डल्लीको ‘डायरी’ ले पायो सेन्सरबाट पीजी सर्टिफिकेट

जेठ ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डायरी’ को सेन्सर भएको छ। रिभेन्ज लभ स्टोरी चलचित्रलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ। अब चलचित्र हेर्नको लागि १६ बर्ष भन्दा मुनिका बालबालिकालाई अभिभावकको साथ आवश्यक पर्ने भएको छ।


अनिल योन्जन निर्देशित चलचित्रमा समावेश द्धन्द्धको दृश्यको कारण चलचित्रलाई पीजी सर्टिफिकेट दिईएको हो। चलचित्रमा नव नायक सन्नी सिंह र छुल्ठिम गुरुङ मुख्य भूमिकामा रहेका छन्। अभिनेत्री रेखा थापा चलचित्रमा भिलेनको रुपमा देखिएकी छिन्। दुई बर्ष भन्दा लामो समयको अन्तरालमा चलचित्र क्षेत्रमा कमब्यक गर्न लागेकी छुल्ठिमको लागि चलचित्र निकै महत्वपूर्ण रहेको छ।

Comments

comments