रणबिर देखि काजोल सम्म किन हटाए बलिउड सेलिब्रेटीले आफ्नो थर

बलिउडमा धेरै सेलिब्रेटी छन् जसले आफ्नो थर आफ्नो नाम बाट हटाएका छन्। सवैले थर हटाउन आफ्नो-आफ्नो कारण बताएका छन्। कसैले आफ्नो माता-पिता अलग भएको कारण आफ्नो थर हटाएका छन् भने कतिले थर उच्चारण गर्न अप्ठ्यारो भएको कारण हटाएका छन्।

१.काजोल
४२ बर्षीय काजोल अभिनेत्री तनुजा र निर्देशक शोमु मुखर्जीकी छोरी हुन्। उनले आफ्नो नामको पछाडी कहिले पनि थर जोडेकी छैनन्। यसको कारण हो उनका आमाबाबु अलग हुनु। आमाबाबु अलग भए संगै उनले आफ्नो थर हटाएकी थिइन्।

२. रणवीर सिंह
३१ बर्षीय अभिनेता रणवीरको पुरा नाम रणवीर सिंह भावनानी हो। उनले आफ्नो नाम लामो भएको कारण बलिउडमा प्रवेश गरे संगै आफ्नो थर हटाएका थिए।

३. तब्बु
४५ बर्षीय बलिउड अभिनेत्री तब्बुको पुरा नाम तब्बस्सुम हाशमी हो। उनले आफ्नो नाम छोटो बनाउन आफ्नो थर हटाएकी थिइन्।

४. श्रीदेवी
बलिउड सुन्दरी श्रीदेवीको पुरा नाम श्रीअम्मा यांगर अय्यापना हो। उनले बलिउडमा प्रवेश गर्नु अगाडी आफ्नो नाम लामो भएको कारण छोटो बनाउन उनले आफ्नो थर हटाएकी थिइन्।

५. गोविन्दा
५३ बर्षीय अभिनेता गोबिन्दाको पुरा नाम गोविन्दा अरुण आहुजा हो। तर उनले आफ्नो नाम छोटो र सजिलो बनाउन आफ्नो थर हटाएका थिए।

६. रेखा
बलिउड सुन्दर अभिनेत्री रेखाको पुरा नाम भानुरेखा गणेशन हो। तर उनको नाम लामो भएको कारण बलिउडमा आउन अगाडी उनले आफ्नो नामको भानु र थर हटाएकी थिइन्।

७. धर्मेन्द्र
अभिनेता धर्मेन्द्रको पुरा नाम धर्मेन्द्र सिंह देओल हो। तर उनले चलचित्र क्षेत्रमा प्रवेश गरे संगै आफ्नो थर हटाएका थिए।

८. हेलेन
बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हेलेनले पनि आफ्नो थर हटाएकी थिइन्। उनको पुरा नाम हेलन जयराज रिचर्डसन हो ।- एजेन्सी

Comments

comments