सोहित र समियाको खुशीहरु बढ्दै जाँदा के भयो, हेर्नुहोस् भिडियो

चलचित्र हिटलर’ मा समावेश रोमान्टिक गीत ‘खुशीहरु बढ्दै जान्छ’ सार्वजनिक भएको छ। रारा तालको सुन्दर दृश्यहरु कैद गरिएको भिडियो निकै आकर्षक बनेको छ।


सार्वजनिक गीतको भिडियोमा सोहित मान्नधर र समिया बर्तौला फिचारिङ गरीएको छ। कमेडी तथा लभस्टोरी बिषयमा बनेको चलचित्रमा मेनुका प्रधान, ए गुरुङ ,दिवस धिताल लगायतका कलाकारको अभिनय रहेको छ।
नरेश भट्टराईको शब्द र लोचन घिमिरेको संगीत रहेको चलचित्रमा सनुप पौडेल र आकांक्षा बस्यालको स्वर रहेको छ।
सौरभ ढकालको निर्देशनमा तयार भएको चलचित्रमा किचमान चित्रकारको कथा रहेको छ।
चिनीमाया मानन्धर निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माता वुद्ध रत्न मानन्धर, त्रिरत्न मानन्धर, रामविर मानन्धर र मनिराम मानन्धर हुन् । अरुणराज पौडेलको छायाँकन रहेको चलचित्रमा सुर्य थोकर लामाको एक्सन रहेको छ।

Comments

comments