प्रदिप र अश्लेषा बताउदैछन् प्रेमगीतको कहानी, यस्तो बनेर आयो चलचित्रको शिर्ष गीत (भिडियो)

चलचित्र ‘प्रेमगीत २’ को शिर्ष गीत रिलिज भएको छ। नयाँ बर्षको शुभकामना सहित चलचित्रको गीत सार्वजनिक गरिएको हो। बर्ष २०७२ को सफल चलचित्र ‘प्रेमगीत’ को सिक्वेल निकै प्रतिक्षित बन्दै गएको छ।

गीत संगीतको कारणले निकै चर्चामा आएको चलचित्र ‘प्रेमगीत’ को सिक्वेल कस्तो बन्ने हो भन्ने चौतर्फी चासोको बिषय बनेको थियो। दर्शकको कौतुहलता मेटाउदै चलचित्रको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा चलचित्रका मुख कलाकार प्रदिप खड्का र अश्लेषा ठकुरी फिचरीङमा रहेका छन्।

रोहितजोन क्षेत्री र श्रेया सोताङको आवाज रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ।थाइल्यन्डको मनोरन दृश्य कैद गरिएको गीतको लोकेशन निकै आकर्षक देखिएको छ। रेनाशा वान्तवा राईको कोरियोग्राफी रहेको गीतमा पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ।
साउन १३ गतेबाट रिलिज हुने चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका छन्।

Comments

comments