वान टेक मुभी ‘जालो’ को टिजर सार्वजनिक (भिडियो)

जेठ १९ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘जालो’ को टिजर सार्वजनिक गरिएको छ। वान सटमा खिचेर विश्वकै लामो चलचित्रको विश्व रेकर्ड राख्ने उद्देश्यको साथमा चलचित्र ‘जालो’ दूई घन्टामा खिचिएको हो।
अराज केशवको निर्देशनमा तयार भएको चलचित्रमा अनूपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, नीर शाह, प्रकाश श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

बनिश शाहले सम्पादन गरेको चलचित्रलाई हरि लामाले खिचेका छन्। चलचित्रले विश्व रेकर्ड राख्न चलचित्रको प्रिमियर हुनुपर्ने प्रावधान रहेको र चलचित्रको रिलिज अगावै प्रिमियर गरेर विश्व रेकर्ड राख्ने तायरी रहेको छ।

Comments

comments