फाटेको जुत्ताको शुभमुहर्त, प्रियंका र सौगातले गर्नेछन् पर्दामा रोमान्स

निर्माता अर्जुन कुमारको लगानीमा निर्माण हुन् लागेको चलचित्र ‘फाटेको जुत्ता’ चलचित्रको शुभमुहर्त गरिएको छ । बिहिबार ललितपुरको कार्यविनायक मन्दिरमा चलचित्रको सुभसाईत गरिएको छ । निकेश खड्काको निर्देशन रहने चलचित्रमा सौगात मल्ल र प्रियंका कार्की मुख्य भूमिकामा रहेका छन् ।


कार्तिक १७ गतेलाई रिलिज मिति तय गरिएको चलचित्रमा सौगात र प्रियंकाको साथमा वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहने छ । शुभमुहर्तमा प्रियंका ए सौगात उपस्थित रहेका थिए ।
चलचित्रको शुभमुहर्तमा बोल्दै सौगात मल्लले आफुलाई मन पर्ने कलाकार संग काम गर्न पाएको निकै उत्साहित रहेको बताएका छन् भने प्रियंकाले पहिलोपटक विल्कुलै फरक कथामा काम गर्न पाएकोमा खुशी रहेको बताइन् ।

Comments

comments