‘डायरी’ को ‘माया माया’ गीतमा कार्टुन क्रुजको कभर डान्स

छुल्ठिम गुरुङको नयाँ चलचित्र ‘डायरी’ को ‘माया माया’ बोअको गीतको कभर भिडियो बनेको छ। जेठ ५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको गीतको कभर भिडियो पछिल्लो पुस्ताको सर्वाधिक लोकप्रिय ग्रुप कार्टुन क्रुजले बनाएको हो।

गीतमा अल्मोडा राना उप्रेतीको आवाज रहेको छ। अनिल योञ्जनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘डायरी’ मा रेखा थापा, छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंहको मुख्य भूमिका रहेको छ । रेखा थापा पहिलोपटक भिलेन अवतारमा देखिएकी छिन्।

 

 

Comments

comments