गरिबी र राजनीतिले पेलिएका युवाको कथा बोल्दै आयो धनपति (ट्रेलर)

अभिनेता खगेन्द्र लामिछाने अर्गानिक चलचित्रको लागि माहिर अभिनेताको रुपमा लिईन्छ। अझ भनौ उनका चलचित्रले तामझाम र मसला भन्दा पनि समाजले भोग्दै गरेका यथार्थ बोलेको हुन्छ। अनि निर्देशक दिपेन्द्र के खनालको साथ भएपछी झन् मजबुत चलचित्र बनेको उदाहरण यसअगाडी नै पशुपति प्रसाद चलचित्रले दिईसकेको छ।

करिव डेढ बर्षको विश्राम पछी फेरी खगेन्द्र र दिपेन्द्र एक साथ जोडिएर चलचित्र ‘धनपति’ लिएर आउने तयारीमा रहेका छन्। सोहि क्रममा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक गरिएको छ। गरिवीले परिवारको पेट पाल्न मुस्किल परिरहेको एक युवा अनि राजनीतिले उसको जीवनमा ल्याएको हलचल चलचित्रको ट्रेलरमा देख्न सकिन्छ। देशमा विद्यमान अस्तव्यत राजनीति अनि त्यसले सृजना गरेको परिस्थितिको सेरोफेरोमा धनपति ट्रेलर बहेको छ।

टुकी आर्ट्स प्रालिले दिपेन्द्र के खनाल संगको सहकार्यमा चलचित्र निर्माण गरेको छ। चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। ओम गुरुङ सहायक निर्माता रहेको चलचित्रमा राजना नापित र समिर देवकोटा सह-निर्माताको रुपमा रहेका छन्। रोजिना सिटौला निर्माताको रुपमा रहेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन्।

कार्यक्रममा बोल्दै निर्देशक खनालले आफुले बनाएका चलचित्रहरु मध्येमा सवैभन्दा बढी दुख गरेर बनाएको चलचित्र धनपति रहेको बताएका छन्।
त्यस्तै चलचित्र लेखक तथा कलाकार खगेन्द्र लामिछानेले अघिल्ला चलचित्रबाट दर्शकले दिएको उपनामहरुमा अब यो चलचित्र पश्चात धनपति पनि उपनाम थपिने बताए।

तस्विर:मिलन ढुंगाना

ट्रेलर हेर्नुहोस:

Comments

comments