मरिस्का र चाँदनी संग सलोनको रोमान्स, बन्ने भो ‘लम्फू’

निकै लामो समयबाट चर्चामा रहेको चलचित्र ‘लम्फू’ को औपचारिक घोषणा भएको छ। आईतबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो। गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको चलचित्रमा शक्तिबल्दव घोरासैनीको लगानी रहेको छ। दिपक बज्राचार्यको छायाँकन रहने चलचित्रमा भूपतिको लेखन रहेको छ।

चलचित्रमा सलोन बस्नेत, चाँदनी शर्मा, मरिस्का पोख्रेल, कबिर खड्का, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ। पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहने छ। यसै साताबाट छायांकन सुरु हुने चलचित्रलाई ४० दिनभित्र खिचिसक्ने निर्माण टिमले जनाएको छ।

Comments

comments