पूजाको एक्सनमा सलिनमानको क्ल्याप, सुरु भयो सलोनको ‘बाबु कान्छा’

निर्देशक शोभित बस्नेत चलचित्र निर्देशन भन्दा पनि बढी बिभिन्न कन्ट्रोभर्सिमा आएर सधै चर्चामा रहने गर्दछन्। धेरै चलचित्र निर्देशन गरेका शोभितले पछिल्लो करिव तीन बर्ष अगाडी ‘जाउँ हिड पोखरा’ निर्देशन गरेका थिए। तर व्यावसायिक हिसाबले चलचित्र सफल हुन सकेन।

करिव तीन बर्षको बिश्राम पछी उनि चलचित्र ‘बाबु कान्छा’ निर्देशनको तयारीमा रहेका छन्। आफ्नै छोरा सलोन बस्नेतलाई मुख्य भूमिकामा लिएर उनले बिहिबार चलचित्रको घोषणा गरेका छन्। चलचित्रमा सलोनको साथमा करिश्मा श्रेष्ठ, ऋतिक शाही, ज्योत्सना महर्जन, सरोज खनाल, लय संग्रौला, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहने छ। चलचित्र ‘लब सभ’ मा करिश्मा र सलोनले साथमा काम गरेका थिए।करिश्मा निकै समयको अन्तरालपछी चलचित्र क्षेत्रमा फर्कदैछिन्।

त्यसो त चलचित्र वृतमा सलोन र करिश्माको प्रेम सम्बन्धले खुबी चर्चा पाउने गर्दछ। दुवैले सार्वजनिक रुपमा आफ्नो प्रेम सम्बन्ध अस्विकार गरेपनि दुवैको निकटतम सम्वन्धलाई धेरैले प्रेमको परिभाषा दिने गरेका छन्।

तर बिहिबार दुवैले आफुहरु कुनै समय प्रेममा रहेको तर अहिले असल साथी मात्र रहेको बताएका छन्। उनीहरुले आफुहरु एक अर्कामा आकर्षित मात्रै भएको बताएका छन्।

रवि अधिकारी र शोभित बस्नेत निर्माता रहेको चलचित्रको काठमान्डौ, चितवन, दुवई लगायतका ठाउँमा सुटिङ हुनेछ।

अब करिब तीन वर्षपछि नेपाली चलचित्र क्षेत्रमा निर्देशकीय रुपमा कमब्याक गर्न लागेका शोभिताले ‘बाबु कान्छा’ मार्फत कुनै जादु चलाउन सक्ने हुन् या होइनन् त्यो भने चलचित्र रिलिज पश्चात नै थाहा हुनेछ।

Comments

comments