तस्विरमा छल्किएको पुजा चन्दको सुन्दरता (फोटोफिचर)

अभिनेत्री पुजा चन्द नेपालकी सुन्दर अभिनेत्रीमा पर्ने गर्दछिन्। निकै लामो समय सम्म नेपाली चलचित्र क्षेत्रमा काम गरेर पुजा करिव १२ वर्ष देखि अमेरिकामा बस्दै आएकी छिन्।

गायक राजु लामा संग दोश्रो विवहा गरेर अमेरिका बस्दै आएकी पुजा यतिबेला नेपाल आएकी छिन्। करिव एक महिनाको लागि नेपाल आएकी पुजा चन्दा त्यो समय जस्तै सुन्दर र बोल्ड देखिने गर्दछिन्।

बरपीपल, मितेरी गाउँ, जिन्दगानी, आमा, चाहन्छु म तिमीलाई नै जस्ता चलचित्रमा अभिनय गरेकी पुजा नेपाली चलचित्र क्षेत्रमा स्थापति रहदै गर्दा नै अमेरिका हानिएको थिइन्।

अमेरिका बसोबास गरे पनि नेपाली रंग कर्म र नेपाली दर्शकबाट आफु टाढा रहन नसकेको पुजा बताउछिन्। उनि भन्छिन्, करिव पाँच बर्ष पछी पक्कै म नेपाल आउनेछु र नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहने छु।

तस्विर: मिलन ढुंगाना 

अभिनेत्री पुजा चन्द संग गरिएको भिडियो कुराकानी:

Comments

comments